दफा २: परिभाषा

Estimated reading: 0 minutes 37 views

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,

(क) “संस्था” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था सम्झनु पर्छ ।

(ख) “परिषद्” भन्नाले दफा ७ बमोजिम गठन भएको परिषद् सम्झनु पर्छ ।

(ग) “अध्यक्ष” भन्नाले परिषद्को अध्यक्ष सम्झनु पर्छ ।

(घ) “उपाध्यक्ष” भन्नाले परिषद्‌को उपाध्यक्ष सम्झनु पर्छ ।

(ङ) “पार्षद्” भन्नाले परिषद्‌को सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष तथा उपाध्यक्षलाई समेत जनाउँछ ।

(च) “कार्यकारी निर्देशक” भन्नाले दफा ३८ बमोजिम नियुक्त भएको कार्यकारी निर्देशक सम्झनु पर्छ।

(छ) “सदस्य” भन्नाले यस ऐन बमोजिम संस्थामा नाम दर्ता गराई संस्थाको सदस्यता प्राप्त गरेको व्यक्ति सम्झनु पर्छ ।

(ज) “चार्टर्ड एकाउन्टेन्ट” भन्नाले दफा १६ को उपदफा (२) बमोजिम संस्थाको सदस्यता प्राप्त गरेको व्यक्ति सम्झनु पर्छ ।

(ज१) “फेलो चार्टर्ड एकाउन्टेन्ट (एफ.सी.ए.)” भन्नाले दफा १७ बमोजिम संस्थाको सदस्यता प्राप्त गरेको सदस्य सम्झनु पर्छ ।

(झ) “दर्तावाला लेखापरीक्षक (रजिष्टर्ड अडिटर)” भन्नाले लेखापरीक्षक सम्बन्धी ऐन, २०३१ बमोजिम लेखापरीक्षकको प्रमाणपत्र प्राप्त व्यक्ति सम्झनु पर्छ ।

(ञ) “पेशागत प्रमाणपत्र” भन्नाले पेशागत रुपमा लेखा व्यवसाय गर्न दफा २८ बमोजिम प्रदान गरिएको प्रमाणपत्र सम्झनु पर्छ ।

(ञ१) “लेखापरीक्षण” भन्नाले पेशागत प्रमाणपत्र लिई प्रचलित कानून बमोजिम गरिने लेखापरीक्षण सम्झनु पर्छ ।

(ञ२) “विदेशी लेखा व्यवसायी संस्था” भन्नाले विदेशी मुलुकमा सार्वजनिक लेखा व्यवसायलाई नियमन गर्ने अधिकार प्राप्त भएको राष्ट्रिय स्तरको चार्टर्ड एकाउन्टेन्ट्स संस्था वा सो सरहको लेखा व्यवसायी संस्था सम्झनु पर्छ ।

(ञ३) “लेखामान बोर्ड (एकाउन्टीङ्ग स्टैण्डर्डस बोर्ड)” भन्नाले दफा १५क. बमोजिम गठन भएको लेखामान बोर्ड सम्झनु पर्छ ।

(ञ४) “लेखापरीक्षणमान बोर्ड (स्टैण्डर्डस अन अडिटिङ्ग बोर्ड)” भन्नाले दफा १५घ. बमोजिम गठन भएको लेखापरीक्षणमान बोर्ड सम्झनु पर्छ ।

(ञ५) “लेखामान (एकाउन्टीङ्गस्टैण्डर्डस)” भन्नाले लेखा व्यवसाय र वित्तीय प्रतिवेदनलाई सुव्यवस्थित र नियमन गर्नको लागि लेखामान बोर्डबाट व्यवस्थित वा सिफारिस गरिएका लेखामान र तत् सम्बन्धी निर्देशिका तथा व्याख्या सम्झनु पर्छ ।

(ञ६) “लेखापरीक्षणमान (स्टैण्डर्ड्स अन अडिटिङ्ग” भन्नाले लेखा व्यवसाय र लेखापरीक्षणलाई सुव्यवस्थित र नियमन गर्नको लागि लेखापरीक्षणमान बोर्डबाट व्यवस्थित वा सिफारिस गरिएका लेखापरीक्षणमान र तत् सम्बन्धी निर्देशिका तथा व्याख्या सम्झनु पर्छ ।

(ट) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा बमोजिम सम्झनु पर्छ ।

१ पहिलो संशोधनद्वारा संशोधित।

२ पहिलो संशोधनद्वारा थप ।

Share this Law

दफा २: परिभाषा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.