दफा ४७: नियम बनाउने अधिकार

Estimated reading: 0 minutes 27 views

१) यो ऐनको उद्देश्य कार्यान्वयन गर्नको लागि परिषद्ले आवश्यक नियमहरु बनाउन सक्नेछ ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ७ बमोजिम परिषद् गठन नभएको अवस्थामा संस्थाको सदस्यता दर्ताको प्रमाणपत्र दिने र पार्षदहरुको निर्वाचन गर्ने प्रयोजनको निमित्त दफा ४२ बमोजिम गठन भएको तदर्थ परिषद्‌ले आवश्यक नियमहरु बनाउन सक्नेछ ।

३) उपदफा (१) र (२) बमोजिम बनेका नियमहरु नेपाल सरकारबाट स्वीकृत्त भएपछि मात्र लागू हुनेछन् ।

४) उपदफा (१) बमोजिम परिषद्ले बनाएका नियमहरु लागू भएपछि उपदफा (२) बमोजिम तदर्थ परिषद्‌ले बनाएका नियमहरु स्वतः निष्क्रिय हुनेछन् ।

Share this Law

दफा ४७: नियम बनाउने अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.