धारा २९ः शोषण विरुद्धको हक

Estimated reading: 0 minutes 3 views

१) प्रत्येक व्यक्तिलाई शोषण विरुद्धको हक हुनेछ ।

२) धर्म, प्रथा, परम्परा, संस्कार, प्रचलन वा अन्य कुनै आधारमा कुनै पनि व्यक्तिलाई कुनै किसिमले शोषण गर्न पाइने छैन ।

३) कसैलाई पनि बेचबिखन गर्न, दास वा बांँधा बनाउन पाइने छैन ।

४) कसैलाई पनि निजको इच्छा विरुद्ध काममा लगाउन पाइने छैन ।

तर सार्वजनिक प्रयोजनका लागि नागरिकलाई राज्यले अनिवार्य सेावामा लगाउन सक्ने गरी कानून बनाउन रोक लगाएको मानिने छैन ।

५) उपधारा (३) र (४) विपरीतको कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई पीडकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।

Share this Law

धारा २९ः शोषण विरुद्धको हक

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.