परिच्छेद-४ इजाजतपत्र

दफा ३०ः बीमा व्यवसाय प्रारम्भ गर्नु पर्ने

Estimated reading: 0 minutes 7 views

१) बीमकले इजाजतपत्र प्राप्त गरेको छ महिनाभित्र इजाजतपत्रमा उल्लेख भए बमोजिमको बीमा व्यवसाय प्रारम्भ गर्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिमको अवधिभित्र बीमकले बीमा व्यवसाय प्रारम्भ गर्न नसकेमा सोको उचित आधार र कारण खोली सो अवधि समाप्त हुनु अगावै म्याद थपको लागि प्राधिकरण समक्ष निवेदन दिन सक्नेछ।

३) उपदफा (२) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा निवेदनको व्यहोरा मनासिब देखिएमा प्राधिकरणले छ महिनाको लागि अवधि थप गरिदिन सक्नेछ।

४) उपदफा (३) बमोजिम थप भएको अवधिभित्र बीमकले बीमा व्यवसाय प्रारम्भ गरी सोको जानकारी प्राधिकरणलाई दिनु पर्नेछ।

५) उपदफा (३) बमोजिमको अवधिभित्र बीमा व्यवसाय प्रारम्भ नगरेमा प्राधिकरणले त्यस्तो बीमकको इजाजतपत्र रद्द गर्न सक्नेछ।

Share this Law

दफा ३०ः बीमा व्यवसाय प्रारम्भ गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.