दफा २०ः प्राधिकरणको कोष

Estimated reading: 1 minute 381 views

१) प्राधिकरणको एउटा छुट्टै कोष हुनेछ।

२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकम रहनेछन्‌:-

(क) नेपाल सरकारबाट प्राप्त रकम,

(ख)बीमा कम्पनीको स्थापना, पूर्वस्वीकृति, इजाजतपत्र प्रदान गरे बापत प्राप्त रकम,

(ग) बीमा मध्यस्थकर्ताको इजाजतपत्र प्रदान वा इजाजतपत्र नवीकरण गरे बापत प्राप्त रकम,

(घ) बीमा व्यवसायको नियमन शुल्क बापत प्राप्त रकम,

(ङ) विदेशी सरकार, अन्तर्राष्ट्रिय सङ्घ, संस्थाबाट प्राप्त रकम,

(च) अन्य स्रोतबाट प्राप्त रकम ।

३) उपदफा (२) को खण्ड (ङ) बमोजिमको रकम प्राप्त गर्नु अघि मन्त्रालयको स्वीकृति लिनु पर्नेछ।

४) उपदफा (२) बमोजिम प्राप्त हुने सम्पूर्ण रकम प्रचलित कानून बमोजिम इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थामा खाता खोली जम्मा गरिनेछ ।

५) प्राधिकरणको तर्फबाट गरिने सम्पूर्ण खर्चहरु उपदफा (१) बमोजिमको कोषमा जम्मा भएको रकमबाट व्यहोरिनेछ।

६) यस दफा बमोजिमको कोषमा जम्मा भएको रकममध्ये प्राधिकरणको कार्य सञ्चालन, व्यवस्थापन तथा बीमा विकासका लागि वार्षिक रूपमा छुटयाएको रकमको अतिरिक्त पचास प्रतिशतले हुन आउने रकम बाहेक अन्य रकम वार्षिक रूपमा सङ्घीय सञ्चित कोषमा दाखिल गरिनेछ।

७) उपदफा (१) बमोजिमको कोष सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा २०ः प्राधिकरणको कोष

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.