दफा २७ः पूर्वस्वीकृति दिन इन्कार गर्न सक्ने

Estimated reading: 1 minute 400 views

१) दफा २६ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै अवस्थामा प्राधिकरणले बीमा कम्पनी स्थापना गर्न वा विदेशी बीमा कम्पनीको शाखा कार्यालय खोल्न पूर्वस्वीकृति दिन इन्कार गर्न सक्नेछ:-

(क)प्रस्तावित बीमा कम्पनीको नाम पहिले नै दर्ता भइसकेको कुनै बीमकको नामसँग मिल्ने भएमा,

(ख) प्रस्तावित बीमा कम्पनीको नाम वा त्यसले गर्ने बीमा व्यवसाय सार्वजनिक हित, सदाचार, शिष्टाचार, धर्म, जातजाति वा सम्प्रदाय वा सार्वजनिक व्यवस्थाका दृष्टिकोणले अनुपयुक्त वा अवाञ्छनीय हुने देखिएमा,

(ग) निवेदकले पेश गरेको सम्भाव्यता अध्ययन प्रतिवेदन, विवरण कागजात र अन्य पूर्वाधारलाई अध्ययन गर्दा बीमा व्यवसायको बजार सीमित भई थप बीमा कम्पनीलाई इजाजत पत्र दिँदा बीमा व्यवसाय स्वस्थ र प्रतिस्पर्धात्मक रुपले सञ्चालन हुन सक्ने कुरामा विश्वास गर्न नसकिने भएमा,

(घ) प्रस्तावित बीमा कम्पनीको उद्देश्य प्रचलित कानून विपरीत हुने वा भएको देखिएमा,

(ङ) दफा २६ बमोजिम प्राधिकरणले तोकेका कागजात तथा विवरण पेश नगरेमा,

(च) प्रत्येक संस्थापकले प्रस्तावित बीमा कम्पनीको कम्तीमा दश हजार कित्ता शेयर लिन मञ्जुर नगरेमा वा आफूले लिने शेयर सङ्ख्या स्पष्ट रुपमा नखुलाएमा,

(छ) प्रस्तावित बीमा कम्पनीले दफा ३६ बमोजिमको चूक्ता पूँजी कायम गर्ने प्रस्ताव गरेको नदेखिएमा,

(ज) प्रस्तावित बीमा कम्पनीको कुनै संस्थापकलाई बीमा सम्बन्धी कसुर, बैंकिङ्ग कसुर, ठगी, जालसाजी, किर्ते, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार, मानव बेचबिखन, अपहरण वा शरीर बन्धक जस्ता नैतिकपतन देखिने अन्य कसुरमा अदालतबाट सजाय भएको भए त्यस्तो सजाय भुक्तान गरेको पाँच वर्ष पूरा नभएमा,

(झ) प्रस्तावित बीमा कम्पनीले बीमा व्यवसायका अतिरिक्त अन्य व्यवसाय समेत गर्ने उद्देश्य राखेको देखिएमा,

(ञ) दफा ३१ बमोजिम पूर्वस्वीकृति दिन रोक लगाएको अवस्थामा,

(ट) प्रस्तावित बीमा कम्पनीको कुनै संस्थापक वा निजको एकाघरको परिवारको कुनै सदस्य प्रचलित कानून बमोजिम कालोसूचीमा परी फुकुवा भएको तीन वर्ष पूरा नभएमा,

(ठ) प्रस्तावित बीमा कम्पनीको संस्थापकहरुले तत्काल चुक्ता गर्न कबुल गरेको पूँजीको पन्ध्र प्रतिशत वा सोभन्दा बढी शेयर एउटै व्यक्ति, एकाघरको परिवार, संस्था वा समूहको स्वामित्वमा रहने भएमा,

तर नेपाल सरकार, प्रदेश सरकार वा विदेशी लगानीकर्ताले लिने शेयरको सम्बन्धमा यो व्यवस्था लागू हुने छैन।

(ड) एकै किसिमको बीमा व्यवसाय गर्ने कुनै बीमकमा आफ्नो वा आफ्नो एकाघर परिवारको आधारभूत शेयर भएमा ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पुनर्बीमा व्यवसाय बाहेक एकभन्दा बढी किसिमको बीमा व्यवसाय गर्ने गरी कुनै कम्पनी संस्थापना गर्न प्राधिकरणले पूर्वस्वीकृति दिने छैन।

३) यस दफा बमोजिम प्राधिकरणले बीमा कम्पनी संस्थापना गर्न पूर्वस्वीकृति दिन इन्कार गरेमा निवेदन परेको साठी दिनभित्र सोको कारण सहितको लिखित जानकारी निवेदकलाई दिनु पर्नेछ।

Share this Law

दफा २७ः पूर्वस्वीकृति दिन इन्कार गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.