दफा ६९ः बीमकले गर्न नहुने काम

Estimated reading: 1 minute 354 views

१) बीमकले देहायको कुनै काम गर्न वा गराउन हुँदैन:-

(क) प्राधिकरणले निर्धारण गरेको सीमाभन्दा बढी रकमको चल अचल सम्पत्ति खरिद वा बिक्री गर्न,

(ख) आधारभूत शेयर धनीले आफ्नो सञ्चालक वा सञ्चालकको एकाघरको परिवार वा बीमक, आधारभूत शेयरधनी, मेनेजिङ्ग एजेण्ट भएको वा हिस्सेदार भएको कुनै पनि फर्म, कम्पनी वा संस्थालाई क्रण दिन वा कुनै किसिमको जमानत वा सुरक्षण दिन,

(ग) जीवन बीमालेखको सुरक्षण बमोजिम बीमितलाई कर्जा दिन बाहेक कुनै किसिमको कर्जा दिन,

तर कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावलीमा व्यवस्था भए बमोजिम बीमकले आफ्नो कर्मचारीलाई सापटी वा क्रृण दिन यस व्यवस्थाले बाधा पुर्‍याएको  मानिने छैन।

(घ) प्राधिकरणले स्वीकृत गरेको ढाँचामा बाहेक अन्य कुनै ढाँचामा बीमालेख जारी गर्न,

(ङ) प्राधिकरणले स्वीकृत गरेको बीमालेख बाहेक अन्य कुनै पनि प्रकारको बीमालेख जारी गर्न,

(च) प्राधिकरणले निर्धारण गरेको बीमादरको प्रतिकूल हुने गरी बीमाशुल्क गणना गर्न,

(छ) एकै किसिमको बीमा व्यवसाय गर्ने बीमक वा बीमा दलालको शेयर वा धितोपत्रमा लगानी गर्न,

तर प्राधिकरणको पूर्वस्वीकृति लिई एक किसिमको बीमा व्यवसाय गर्ने बीमकले अर्को किसिमको बीमा व्यवसाय गर्ने बीमकको धितोपत्र खरिद गर्न यस व्यवस्थाले बाधा पुच्याएको मानिने छैन।

(ज) सञ्चालक समितिको कुनै सदस्य सञ्चालक भएको वा त्यस्तो सदस्यको निजी, वित्तीय वा व्यावसायिक स्वार्थ रहेको कुनै पनि कम्पनी, फर्म वा सङ्गठित संस्थामा कुनै पनि किसिमको लगानी गर्न,

(झ) बीमा व्यवसायमा कुनै किसिमको एकाधिकार कायम गर्न वा अन्य कुनै किसिमले बीमा व्यवसायको नियन्त्रित गर्ने प्रकृतिको काम कारबाही गर्न,

(ञ) बीमा क्षेत्रको प्रतिस्पर्धात्मक वातावरणमा कुनै प्रकारको अवरोध पुस्याउन वा नियन्त्रित अभ्यास खडा हुने कुनै कार्य गर्न वा गराउन,

(ट) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा जारी भएको निर्देशनको विपरीत हुने गरी कुनै कार्य गर्न वा गराउन।

२) बीमकले गैरकानूनी रुपबाट रकम आर्जन गरी वा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर गरी बीमा गर्ने कुनै पनि व्यक्तिको बारेमा थाहा हुन आएमा वा शंका लागेमा सो कुरा लुकाउन वा त्यस्तो व्यक्तिलाई कानूनी कारबाहीबाट बचाउनका लागि त्यस्तो बीमा लुकाउन, परिवर्तन गर्न, भुक्तानी गर्न वा सोको उत्पत्ति वा स्रोत सम्बन्धी जानकारी लुकाउने वा ढाँट्ने वा सोको लागि कुनै किसिमको सहयोग गर्नु हुँदैन।

३) उपदफा (२) बमोजिमको कार्य कुनै व्यक्तिले गरेको वा गर्न सहयोग गरेको थाहा हुन वा जानकारी प्राप्त हुन आएमा वा त्यस्तो कार्य भए गरेको शंका लागेमा वा शंका गर्नुपर्ने मनासिब कारण भएमा बीमकले सोको जानकारी तुरुन्त 1…. प्रचलित कानून बमोजिम स्थापना भएको वित्तीय जानकारी एकाइलाई उपलब्ध गराउनु पर्नेछ।

1 सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा झिकिएको।

Share this Law

दफा ६९ः बीमकले गर्न नहुने काम

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.