दफा ९३ः बीमा मध्यस्थकर्ताको दायित्व

Estimated reading: 0 minutes 377 views

१) बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकले इजाजतपत्रको छाँयाप्रति आफ्नो कार्यालयमा स्पष्ट देखिने गरी राख्नु पर्नेछ।

तर कार्यालय स्थापना नगरेका बीमा अभिकर्ता वा बीमा सर्भेयरले बीमा सम्बन्धी काम गर्दा आफ्नो इजाजतपत्र सम्बन्धित व्यक्तिले मागेमा देखाउनु पर्नेछ।

२) बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकले प्राधिकरणले जारी गरेको आचारसंहिता पालना गर्नु पर्नेछ।

३) बीमा सर्भेयरले आफ्नो नजिकको नातेदार वा आफ्नो एकाघरको परिवारको वित्तीय स्वार्थ भएको कुनै व्यक्ति वा संस्था वा त्यस्तो व्यक्तिको नजिकको नातेदारको क्षति वा हानि नोक्सानीको मूल्याड्डन वा सर्भे गर्नु वा गराउनु हुँदैन।

४) बीमा सर्भेयरले तोकिएको अवधिभित्र सम्बन्धित बीमक समक्ष सर्भे प्रतिवेदन बुझाउनु पर्नेछ।

५) बीमा सर्भेयरले बीमा सर्भेयरको इजाजतपत्र प्राप्त गरेको व्यक्तिलाई मात्र बीमा सर्भेको काममा लगाउनु पर्नेछ।

६) कुनै एक बीमकको बीमा अभिकर्ताले सोही अवधिमा अर्को समान किसिमको बीमकको बीमा अभिकर्ता भई कार्य गर्न पाउने छैन।

तर जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमा अभिकर्ताले निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमा अभिकर्ता भई कार्य गर्न र निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमा अभिकर्ताले जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमा अभिकर्ता भई कार्य गर्न यस व्यवस्थाले बाधा पुच्याएको मानिने छैन।

७) उपदफा (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि लघुबीमा सम्बन्धी कार्य गर्ने बीमा अभिकर्ताले एकभन्दा बढी बीमकको लघुबीमा अभिकर्ता भई कार्य गर्न सक्नेछ।

८) बीमा दलाल वा तेस्रो पक्ष सहजकर्ताले आफ्नो सञ्चालक समितिको कुनै सदस्य सञ्चालक भएको वा त्यस्तो सदस्यको वित्तीय स्वार्थ भएको कुनै पनि सङ्गठित संस्थामा कुनै पनि किसिमको लगानी गर्न वा त्यस्तो संस्थालाई ऋण दिन वा कुनै किसिमको जमानत वा सुरक्षण दिन हुँदैन।

९) बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकले सम्पादन गर्ने काम, पारिश्रमिक वा कमिशन,पदीय आचरण तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ९३ः बीमा मध्यस्थकर्ताको दायित्व

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.