दफा ५०ः सञ्चालकको अयोग्यता

Estimated reading: 1 minute 348 views

देहायको कुनै व्यक्ति सञ्चालकको पदमा निर्वाचित वा मनोनीत हुन अयोग्य हुनेछः-

(क) २५ वर्ष उमेर पूरा नभएको,

(ख) शारीरिक तथा मानसिक अस्वस्थताको कारणले सञ्चालक भई सेवा गर्न असमर्थ भएको,

(ग) प्रचलित कानून बमोजिम दामासाहीमा परेको अवस्थामा रहेको,

(घ) प्रचलित कानून बमोजिम कालोसूचीमा परी फुकुवा भएको मितिले तीन वर्ष पूरा नभएको,

(ङ) बीमक वा बैंक तथा वित्तीय संस्था वा कुनै पनि प्रकारको निक्षेप संकलन गर्ने सङ्गठित संस्थाको सञ्चालक रहेको वा अन्य कुनै बीमकको संस्थापक समूहको आधारभूत शेयर लिएको बहालवाला सञ्चालक वा कर्मचारी,

(च) सम्बन्धित बीमकको बहालवाला लेखापरीक्षक वा परामर्शदाता वा बीमकसँग कुनै किसिमको ठेक्का पट्टामा हिस्सेदार रहेको वा निजी स्वार्थ रहेको व्यक्ति वा संस्था,फर्म र कम्पनी,

(छ) धितोपत्र व्यवसायीको रुपमा कार्य गर्न धितोपत्र बजारको सदस्यता प्राप्त गरेको वा मर्चेण्ट बैंकर,

(ज) अन्य बीमकको सञ्चालकको पदमा बहाल रहेको,

(झ) शेयर स्वामित्वका कारणले सञ्चालक हुन सम्बन्धित बीमकको नियमावली बमोजिम अयोग्य रहेको,

(ञ) सञ्चालक हुनको लागि लिनु पर्ने न्यूनतम शेयर नलिएको,

(ट) सार्वजनिक पद धारण गरेको वा नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व प्राप्त संस्था, प्राधिकरण, बोर्ड, बीमक वा बैंक वा वित्तीय संस्थाको बहालवाला कर्मचारी,

तर नेपाल सरकार, प्रदेश सरकार वा नेपाल सरकारको स्वामित्व प्राप्त संस्था वा बीमकले शेयर खरिद गरेको फरक किसिमको बीमकमा सञ्चालक मनोनीत गर्न यस व्यवस्थाले बाधा पुस्याएको मानिने छैन।

(ठ) प्रचलित कानून बमोजिम तिर्नु पर्ने कर चुक्ता नगरेको,

(ड) चोरी, ठगी, किर्ते, जालसाजी, भ्रष्टाचार, नैतिक पतन देखिने कुनै पनि फौजदारी कसुर, बीमा, बैंकिङ्ग वा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर गरेको अभियोगमा नेपाल वा विदेशी मुलुकको अदालतबाट कसुरदार ठहर भई सजाय भुक्तान भएको पाँच वर्ष पूरा नभएको,

(ढ) प्रचलित कानून बमोजिम नियमनकारी निकायले कानून विपरीत कार्य गरेको भनी कारबाही गरेको वा त्यस्तो कारबाही भएको पाँच वर्ष पूरा नभएको,

(ण) अदालतको फैसला बमोजिम लागेको कैद, जरिबाना तिर्न बुझाउन बाँकी रहेको,सरकारी बाँकी तिर्न बुझाउन बाँकी रहेको,

(त) प्राधिकरणको निर्देशन पालना नगरेको कारणबाट प्राधिकरणले कारबाही गरेको मितिले तीन वर्ष पूरा नभएको ।

Share this Law

दफा ५०ः सञ्चालकको अयोग्यता

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.