दफा १६ः समितिको बैठक

Estimated reading: 0 minutes 371 views

१) समितिको बैठक महिनामा कम्तीमा एक पटकभन्दा कम नहुने गरी आवश्यकता अनुसार बस्नेछ ।

२) समितिको बैठक अध्यक्षले तोकेको मिति,स्थान र समयमा बस्नेछ ।

तर समितिका कम्तीमा तीन जना सदस्यले समितिको बैठक बोलाउन लिखित अनुरोध गरेमा अध्यक्षले र निजको अनुपस्थितिमा वरिष्ठ सदस्यले सात दिनभित्र समितिको बैठक बोलाउनु पर्नेछ।

३) समितिको बैठक बस्नुभन्दा कम्तीमा चौबीस घण्टा अगाडि नै बैठकमा छलफल हुने विषय समितिको सचिवले सदस्यलाई उपलब्ध गराउनु पर्नेछ।

४) समितिको कुल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ।

५) समितिको बैठकको अध्यक्षता अध्यक्षले र निजको अनुपस्थितिमा वरिष्ठ सदस्यले गर्नेछ।

६) समितिमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ।

७) समितिले आवश्यक ठानेमा बीमा सम्बन्धी वा सम्बन्धित विषयको अन्य कुनै विज्ञ वा पदाधिकारीलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ।

८) समितिको निर्णय छुट्टै पुस्तिकामा अभिलेख गरिनेछ र त्यस्तो पुस्तिकामा बैठकको अध्यक्षता गर्ने व्यक्ति र उपस्थित सम्पूर्ण सदस्यले दस्तखत गर्नु पर्नेछ।

९) समितिको निर्णय समितिको सचिवले प्रमाणित गरी राख्नु पर्नेछ।

१०) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समितिले आफैले निर्धारण गरे बमोजिम हुनेछ।

Share this Law

दफा १६ः समितिको बैठक

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.