दफा १४१ः दण्ड सजाय

Estimated reading: 1 minute 361 views

१) कसैले दफा १४० को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुर गरेमा बिगो जफत गरी बिगोको तेब्बर जरिबाना र त्यस्तो व्यवसाय सञ्चालन गर्ने व्यक्तिलाई पाँच वर्षदेखि दश वर्षसम्म कैद हुनेछ।

२) कसैले दफा १४० को उपदफा (१) को खण्ड (ख), (ग) र (घ) बमोजिमको कसुर गरेमा बिगो जफत गरी बिगो बराबरको जरिबाना वा तीन वर्षसम्म कैद हुनेछ।

३) कसैले दफा १४० को उपदफा (१) को खण्ड (ङ), (च), (छ) र (ज) बमोजिमको कसुर गरेमा बिगो जफत गरी देहाय बमोजिमको सजाय हुनेछः-

(क)दश लाख रुपैयाँसम्म बिगो भए एक बर्षसम्म कैद,

(ख) दश लाख रूपैयाँभन्दा बढी पचास लाख रूपैयाँसम्म बिगो भए दुई बर्षसम्म कैद,

(ग) पचास लाख रूपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म बिगो भए तीन बर्षसम्म कैद,

(घ) एक करोड रूपैयाँभन्दा बढी जतिसुकै बिगो भए तीन बर्षदेखि पाँच बर्षसम्म कैद।

४) दफा १४० को उपदफा (१) को खण्ड (झ) बमोजिमको कसूर गर्ने व्यक्तिलाई मुख्य कसूरदारलाई हुने. सजायको आधा सजाय हुनेछ।

५) दफा १४० को उपदफा (२) को कसुर गर्ने व्यक्तिलाई बिगो बमोजिमको जरिबाना र पाँच बर्ष सम्म कैद हुनेछ।

६) यस दफाको प्रयोजनको लागि बिगो कायम गर्दा कारोबार भएको सम्पूर्ण रकमलाई हिसाब गरी बिगो कायम गर्नु पर्नेछ।

७) यस दफा बमोजिम बिगो कायम गर्न नसकिने अवस्था भएकोमा कसुरको मात्रा हेरी दश लाख रुपैयाँसम्म जरिबाना र दुई बर्षसम्म कैद हुनेछ।

८) यस दफा बमोजिम सजाय हुने कार्य कुनै सङ्गठित संस्थाले गरेमा त्यस्तो कसुरजन्य कार्य गर्ने सम्बन्धित सञ्चालक, कार्यकारी प्रमुख, पदाधिकारी वा कर्मचारीलाई सजाय हुनेछ।

Share this Law

दफा १४१ः दण्ड सजाय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.