दफा ९४ः इजाजतपत्र नवीकरण सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 392 views

१) बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकले इजाजतपत्र नवीकरण गराउन चाहेमा इजाजतपत्रको अवधि समाप्त हुनु अगावै तोकिएको दस्तुर तथा अन्य विवरण संलग्न गरी प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ।

२) कुनै बीमा मध्यस्थकर्ताले उपदफा (१) बमोजिमको म्यादभित्र इजाजतपत्र नवीकरणका लागि निवेदन दिन नसकेको कारण खुलाई म्याद थपको लागि निवेदन दिएमा प्राधिकरणले आवश्यक जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा बढीमा तीन महिनासम्मका लागि म्याद थप गरिदिन सक्नेछ।

३) उपदफा (१) वा (२) बमोजिमको अवधिभित्र नवीकरणको लागि निवेदन प्राप्त भएमा आवश्यक जाँचबुझ गर्दा नवीकरण गर्न उपयुक्त देखिएमा तीन वर्षको लागि इजाजतपत्र नवीकरण गरिदिनु पर्नेछ।

४) कुनै कारणले इजाजतपत्र नवीकरण गर्न नसकिने भएमा सम्बन्धित बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकलाई सोको कारण खुलाई प्राधिकरणले लिखित जानकारी दिनु पर्नेछ।

५) बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको इजाजतपत्र नवीकरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ९४ः इजाजतपत्र नवीकरण सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.