दफा ११९ः प्राधिकरणले दामासाहीको कारबाही प्रारम्भ गर्न सक्ने

Estimated reading: 1 minute 335 views

यस ऐन वा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा सो कुरा पुष्टि गर्ने पर्याप्त आधार सहित प्राधिकरणले कुनै बीमकको दामासाहीको कारबाही प्रारम्भ गर्न प्रक्रिया अगाडि बढाउन सक्नेछः-

(क) लगातार तीन आर्थिक वर्षसम्म बीमकको दायित्व त्यसको सम्पत्तिभन्दा बढी भएमा,

(ख) भुक्तानी अवधि पूरा भइसकेको वा तत्काल भुक्तानी गर्नु पर्ने दायित्व तोकिएको अवधिसम्म पूरा गर्न नसकेमा,

(ग) दफा १०९ को खण्ड (ङ) बमोजिम दामासाहीको प्रक्रिया प्रारम्भ गर्ने निर्णय भएमा,

(घ) बीमक, यसका सञ्चालक वा कार्यकारी प्रमुखबाट बीमितको हक हित विरुद्ध काम गरेको पाइएको र त्यसको सुधारको लागि प्राधिकरणबाट भएका निर्देशन पटक पटक उल्लङ्घन भएको देखिएमा,

(ङ) लगातार तीन वर्षसम्म बीमकको पूँजीकोष ऋणात्मक भएमा,

(च) उपदफा १३७ बमोजिम बीमकको इजाजतपत्र रद्द भएमा,

(छ) दफा ११७ बमोजिम खारेजीको लागि बीमकले निवेदन दिएमा ।

Share this Law

दफा ११९ः प्राधिकरणले दामासाहीको कारबाही प्रारम्भ गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.