दफा ४७ः सञ्चालक समितिको गठन

Estimated reading: 0 minutes 373 views

१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि बीमकको सञ्चालक समितिमा एकजना स्वतन्त्र सञ्चालक सहित कम्तीमा पाँच र बढीमा सात जना सञ्चालक रहने छन्‌।

२) उपदफा (१) बमोजिमका सञ्चालकको नियुक्ति बीमकको साधारण सभा गरिनेछ।

तर,

(क) बीमकको प्रथम वार्षिक साधारण सभा नभएसम्मको लागि सञ्चालकको नियुक्ति संस्थापकद्वारा गरिनेछ।

(ख) वार्षिक साधारण सभा हुनुभन्दा अगावै कुनै संस्थागत प्रतिनिधित्व गर्ने सञ्चालक वा वैकल्पिक सञ्चालक बाहेक अन्य सञ्चालकको पद रिक्त भएमा अर्को साधारण सभा नभएसम्मका लागि सञ्चालकको नियुक्ति बीमकको सञ्चालक समितिद्वारा गर्न सकिनेछ।

(ग) नेपाल सरकार, प्रदेश सरकार, कुनै बीमक, कुनै सङ्गठित संस्था, कम्पनी वा विदेशी बीमकले शेयर लिएको बीमकको हकमा नेपाल सरकार, प्रदेश सरकार वा सो संस्थाले आफूले लिएको शेयर संख्याको अनुपातमा सञ्चालक
नियुक्त गर्न सक्नेछ र यसरी सञ्चालक नियुक्त गर्दा सञ्चालकको अनुपस्थितिमा काम गर्न सक्ने गरी वैकल्पिक: सञ्चालक समेत नियुक्त गर्नु पर्नेछ।

३) एकाघरको परिवारको एकभन्दा बढी व्यक्ति एकै बीमकको वा समान किसिमको बीमकको सञ्चालक हुन पाउने छैन।

४) सञ्चालक समितिले दफा ४९ बमोजिमको योग्यता र अनुभव भएका व्यक्तिहरू मध्येबाट कम्तीमा एकजना स्वतन्त्र सञ्चालक नियुक्त गरी सोको जानकारी त्यस्तो नियुक्ति पछि बस्ने पहिलो साधारण सभामा दिनु पर्नेछ।

५) सञ्चालकहरूले आफूमध्ये बहुमतले छानेको व्यक्ति सञ्चालक समितिको अध्यक्ष हुनेछ।

तर स्वतन्त्र सञ्चालक सञ्चालक समितिको अध्यक्ष हुन पाउने छैन।

६) सञ्चालक समितिको अध्यक्षको पदमा नियुक्त हुने व्यक्तिले प्राधिकरणको अध्यक्ष समक्ष र सञ्चालक समितिको सदस्यको पदमा नियुक्त हुने व्यक्तिले सञ्चालकको पदमा बहाल हुनुअघि सञ्चालक समितिको अध्यक्ष समक्ष अनुसूची बमोजिमको ढाँचामा पद तथा गोपनीयताको सपथ लिनु पर्नेछ।

७) कुनै कारणले सञ्चालकको पद रिक्त भएमा पैंतीस दिनभित्र सञ्चालक समितिले अर्को साधारण सभा नभएसम्मको लागि त्यस्तो रिक्त पदमा सञ्चालक नियुक्त गर्नु पर्नेछ।

Share this Law

दफा ४७ः सञ्चालक समितिको गठन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.