दफा १०२ः समस्याग्रस्त बीमकको सुधारका उपायहरु

Estimated reading: 1 minute 341 views

१) दफा १०१ बमोजिम कुनै बीमक समस्याग्रस्त भएकोमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो बीमकको सुधारका लागि प्राधिकरणले अवधि तोकी देहायको कुनै आदेश दिनेछः-

(क) पूँजी बृद्धि गर्न, नयाँ शेयर जारी गर्न लगाउने वा शेयर बापत भुक्तानी हुन बाँकी रहेको रकम प्राधिकरणले तोकेको अवधिभित्र भुक्तानी गर्न लगाउने,

(ख) शेयरधनीहरुलाई वितरण गर्नु पर्ने लाभांश निश्चित अवधिसम्म वितरण गर्न रोक लगाउने वा त्यसरी रोक लगाई लाभांश बापत बोनस शेयर समेत जारी गर्न लगाउने,

(ग) सञ्चालक, कार्यकारी प्रमुखलाई प्रदान गर्ने पारिश्रमिक, सुविधा वा अन्य जुनसुकै रकमको भुक्तानीमा निश्चित अवधिका लागि सीमा निर्धारण गर्ने,

(घ) बीमकको व्यवस्थापन खर्चमा नयाँ सीमा निर्धारण गर्ने,

(ङ) बीमकको कुनै जायजेथा बिक्री गरी बीमकको दायित्व पूरा गर्ने,

(च) शाखा बिस्तार गर्न रोक लगाउने वा भइरहेका कुनै वा सबै शाखा गाभ्न वा बन्द गर्न लगाउने,

(छ) बीमकको चुक्ता पूँजी घटाउन लगाउने,

(ज) यस ऐन बमोजिम बीमकले गर्न पाउने कुनै वा सबै प्रकारको बीमा व्यवसाय निश्चित अवधिका लागि गर्न नपाउने गरी रोक लगाउने,

(झ) तोकिए बमोजिमको अवधि भित्र बीमकको सञ्चालक, व्यवस्थापक वा कर्मचारीको सङ्ख्या कटौती गर्न लगाउने वा सञ्चालक समिति हेरफेर वा पुनर्गठन गर्न लगाउने,

(ञ) बीमकका शेयरधनीको हक अधिकार निलम्बन गर्ने वा त्यस्ता शेयरधनीको शेयर हस्तान्तरण रोक्ने वा त्यस्ता शेयरधनीको शेयर अन्य शेयरधनीले वा बीमक आफैंले खरिद (बाइआउट) गर्न लगाउन वा अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न लगाउने,

(ट) बीमक सूचीकृत कम्पनीमा दर्ता भएको भए सर्वसाधारणको हितविरुद्ध कुनै काम हुनबाट रोक्न त्यस्तो बीमकको नाम धितोपत्र बजारबाट हटाउन लेखी पठाउने,

(ठ) बीमकलाई वित्तीय र व्यवस्थापकीय रुपमा सक्षम बनाउन प्राधिकरणले मनासिब देखेका अन्य उपयुक्त काम कारबाही गर्ने वा गर्न लगाउने ।

२) उपदफा (१) को खण्ड (झ) बमोजिमको अवधिभित्र बीमकले सञ्चालक, व्यवस्थापक वा कर्मचारी कटौती नगरेमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि प्राधिकरण आफैले त्यस्तो सञ्चालक, व्यवस्थापक वा कर्मचारीलाई तोकिए बमोजिम हटाउन सक्नेछ।

३) उपदफा (१) बमोजिम सुधारका उपाय अपनाउन प्राधिकरणले दिएको समय भित्र बीमकको वित्तीय वा व्यवस्थापकीय स्थितिमा सुधार हुन नसकेमा त्यस्तो बीमकलाई नियन्त्रणमा लिनु नपर्ने कुनै कारण भए सोको प्रमाण सहित आफ्नो स्पष्टीकरण पेश गर्न तीस दिनको सूचना सम्बन्धित बीमकलाई दिनु पर्नेछ।

४) उपदफा (३) बमोजिम दिएको समयभित्र बीमकले पेश गरेको स्पष्टीकरण मनासिब देखिएमा प्राधिकरणले उक्त बीमकलाई अपेक्षित सुधार गर्नका लागि बढीमा छ महिनाको अवधि प्रदान गर्न सक्नेछ।

५) उपदफा (४) बमोजिमको अवधिभित्र समेत बीमकले अपेक्षित सुधार गर्न नसकेमा प्राधिकरणले दफा १०३ बमोजिम एक विशेष व्यवस्थापन समूह गठन गरी सञ्चालक समिति निलम्बन गरी वा नगरी वा अन्य कुनै तरिकाले सञ्चालन तथा व्यवस्थापन नियन्त्रणमा लिनेछ।

Share this Law

दफा १०२ः समस्याग्रस्त बीमकको सुधारका उपायहरु

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.