दफा १०९ः बीमकको अवस्थामा सुधार नआएमा गरिने व्यवस्था

Estimated reading: 1 minute 314 views

यस ऐन बमोजिम नियन्त्रणमा लिइएको बीमकको अवस्थामा सुधार हुन नआएमा विशेष व्यवस्थापन समूहले देहाय बमोजिमको कार्य गर्न सक्नेछः-

(क) जफत गरिएको शेयर तोकिएको अवधिभित्र लिलाम बढाबढमा बिक्री गरी हस्तान्तरण गर्न,

(ख) त्यस्तो बीमकलाई अर्को बीमकसँग निर्धारित समयभित्र गाभ्न प्राधिकरण समक्ष सिफारिस गर्न,

(ग) त्यस्तो बीमकको बीमा व्यवसाय अर्को बीमकमा हस्तान्तरण गराई उक्त बीमकको इजाजतपत्र खारेज गर्न प्राधिकरण समक्ष सिफारिस गर्न,

(घ) दफा ११० बमोजिम बीमकको स्थिति सुधार गर्न प्राधिकरण समक्ष सिफारिस गर्न,

(ङ) त्यस्तो बीमकको दामासाही सम्बन्धी प्रक्रिया प्रारम्भ गर्न प्राधिकरण समक्ष सिफारिस गर्न।

Share this Law

दफा १०९ः बीमकको अवस्थामा सुधार नआएमा गरिने व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.