दफा ९५ः इजाजतपत्र खारेज हुने

Estimated reading: 1 minute 376 views

१) कुनै बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकले इजाजतपत्र नवीकरणको लागि दफा ९४ बमोजिमको अवधिभित्र निवेदन नदिएमा इजाजतपत्रको अवधि समाप्त भएको मितिदेखि निजको इजाजतपत्र स्वतः खारेज हुनेछ।

२) कुनै बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकले आफ्नो इजाजतपत्र खारेज गर्न प्राधिकरण समक्ष लिखित रुपमा निवेदन दिएमा प्राधिकरणले जाँचबुझ गरी त्यस्तो इजाजतपत्र तोकिए बमोजिम खारेज गर्न सक्नेछ।

३) यस ऐनमा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा प्राधिकरणले बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको इजाजतपत्र खारेज गर्न सक्नेछः-

(क) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम, निर्देशिका वा प्राधिकरणले दिएको निर्देशन विपरीत कुनै काम गरेमा, वा

(ख) बीमितको हक हित विरुद्ध कुनै कार्य गरेको प्रमाणित भएमा।

४) उपदफा (३) बमोजिम इजाजतपत्र खारेज गर्नु अघि प्राधिकरणले सम्बन्धित बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकलाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ।

Share this Law

दफा ९५ः इजाजतपत्र खारेज हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.