दफा १५१ः बीमा विकास कोष

Estimated reading: 1 minute 365 views

१) बीमाको पहुँच आर्थिक रुपले विपन्न वर्गका नागरिकसम्म पुर्‍याई  बीमाको माध्यमबाट नागरिकको हित संरक्षण गर्नको लागि प्राधिकरणमा एक बीमा विकास कोष रहनेछ।

२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकम रहनेछन्‌:-

(क) नेपाल सरकारबाट प्राप्त रकम,

(ख) दफा ७९ बमोजिम बीमकबाट प्राधिकरणलाई प्राप्त हुने लघुबीमा नियमन शुल्कको पचास प्रतिशतले हुन आउने रकम र दफा १०० बमोजिम बीमकबाट प्राधिकरणलाई प्राप्त हुने नियमन शुल्कको कम्तीमा तेत्तीस प्रतिशतले हुन आउने रकम,र

(ग) अन्य स्रोतबाट प्राप्त रकम।

३) उपदफा (२) को खण्ड (ख) बमोजिमको रकम प्राधिकरणले प्रत्येक वर्ष उपदफा (१) बमोजिमको कोषमा जम्मा गर्नु पर्नेछ।

४) उपदफा (१) बमोजिमको कोषको रकमको प्रयोग तोकिएको क्षेत्रमा तोकिए बमोजिम हुनेछ।

५) उपदफा (१) बमोजिमको कोषको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा १५१ः बीमा विकास कोष

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.