दफा ११०ः बीमकको वित्तीय स्थिति सुधारको लागि सिफारिस गर्न सक्ने

Estimated reading: 0 minutes 345 views

१) दफा १०२ बमोजिम नियन्त्रणमा लिइएको कुनै बीमकको वित्तीय स्थितिमा सुधार नआएको कारणबाट दफा १०९ को खण्ड (क), (ख), (ग) वा (घ) बमोजिमको कारबाही प्रक्रिया अघि बढाउँदा समग्र बीमा क्षेत्रमा नकारात्मक असर पर्ने सम्भावना देखिएमा विशेष व्यवस्थापन समूहले सोही व्यहोरा उल्लेख गरी सो अवस्था सिर्जना हुन नदिनको लागि त्यस्तो बीमकको सम्पत्ति तथा दायित्वको अवस्था समेत समावेश गरी तयार पारिएको प्रतिवेदन प्राधिकरण समक्ष पेश गर्नु पर्नेछ।

२) उपदफा (१) बमोजिम प्राप्त प्रतिवेदन जाँचबुझ गर्दा त्यस्तो बीमकको व्यवस्थापन वा फरफारक गर्दा समग्र बीमा क्षेत्रमा नकारात्मक असर पर्ने यकिन हुन आएमा र नेपाल सरकारले त्यस्तो बीमकमा लगानी गर्दा उक्त बीमकको वित्तीय स्थितिमा सुधार हुने देखिएमा प्राधिकरणले सोही निश्कर्ष सहितको राय मन्त्रालय समक्ष सिफारिस गर्न सक्नेछ।

३) उपदफा (२) बमोजिमको सिफारिस प्राप्त भएमा मन्त्रालयले त्यस्तो बीमकको शेयर स्वामित्वमा लगानी गरी उक्त बीमकको वित्तीय स्थितिमा सुधार गर्न सक्नेछ।

४) उपदफा (३) बमोजिम बीमकको वित्तीय स्थितिमा सुधार भएपछि पाँच वर्षभित्र बोलकबोलको माध्यमबाट मन्त्रालयले आफ्नो शेयर स्वामित्वको लगानी बिक्री गर्न सक्नेछ।

Share this Law

दफा ११०ः बीमकको वित्तीय स्थिति सुधारको लागि सिफारिस गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.