दफा ९१ः बीमा मध्यस्थकर्ताको इजाजतए

Estimated reading: 0 minutes 353 views

१) बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको रुपमा काम गर्न चाहने व्यक्ति वा संस्थाले इजाजतपत्रको लागि तोकिए बमोजिमको कागजात तथा दस्तूर सहित प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ।

२) उपदफा (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा इजाजतपत्र दिन उपयुक्त देखिएमा प्राधिकरणले निवेदकलाई तोकिए बमोजिम बीमा मध्यस्थकर्ताको रुपमा काम गर्न तोकिएको ढाँचामा इजाजतपत्र दिनेछ।

३) बीमा मध्यस्थकर्ता तथा अन्य बीमा सेवा प्रदायकको इजाजतपत्रको अवधि तीन वर्षको हुनेछ।

४) बीमा सर्भेयरको इजाजतपत्र दिँदा निर्जीवन बीमा अन्तर्गत एउटा प्रकार (पोर्टफोलियो) को बीमाको मात्र सर्भे गर्न पाउने गरी इजाजतपत्र दिइनेछ।

तर बीमा सर्भेयरको कार्य गर्ने उद्देश्य लिई स्थापना भएको कम्पनीको हकमा यो व्यवस्था लागू हुने छैन।

५) यो ऐन प्रारम्भ हुँदाका बखत बीमा सर्भेयरको इजाजतपत्र लिएका व्यक्तिले यो ऐन प्रारम्भ भएको एक वर्षभित्र आफ्नो विशेषज्ञता रहेको रोजेको कुनै एक प्रकार (पोर्टफोलियो) को इजाजतपत्र कायम गर्नु पर्नेछ।

६) बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकले यस ऐन बमोजिम प्राप्त गरेको इजाजतपत्र अरु कसैलाई प्रयोग गर्न दिन, हस्तान्तरण गर्न वा नामसारी गर्न वा गराउन हुँदैन।

७) बीमा अभिकर्ताको इजाजत पत्र दिँदा समान किसिमको एउटा मात्र बीमकको बीमा अभिकर्ताको इजाजतपत्र दिइनेछ।

८) बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको इजाजतपत्र सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ९१ः बीमा मध्यस्थकर्ताको इजाजतए

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.