दफा ८ः अध्यक्ष वा सदस्यको योग्यता र अयोग्यता

Estimated reading: 1 minute 389 views

१) समितिको अध्यक्ष वा सदस्यका लागि देहाय बमोजिम योग्यता पुगेको हुनु पर्नेछः-

(क) बीमा, मौद्रिक, बैंकिङ्ग, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको,

(ख) उच्च नैतिक चरित्र भएको,

(ग) उपदफा (३) बमोजिम अयोग्य नभएको ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ६ को उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिमको सदस्यको हकमा उक्त योग्यता आवश्यक पर्ने छैन।

३) देहायका कुनै व्यक्ति अध्यक्ष वा सदस्यको पदमा नियुक्त हुन वा त्यस्तो पदमा बहाल रहन अयोग्य मानिनेछः

(क) गैर नेपाली नागरिक,

(ख) बीमकको कर्मचारी, सञ्चालक, परामर्शदाता वा बहालवाला कर्मचारी,

(ग) कुनै पनि बीमकमा आफू वा आफ्नो एकाघरको परिवारको कुनै सदस्य आधारभूत शेयरधनीको रुपमा रहेको वा वित्तीय स्वार्थ भएको वा कुनै बीमकको वित्तीय स्वार्थ भएको सङ्गठित संस्थाको आधारभूत शेयरधनी,

(घ) प्रचलित कानून बमोजिम दामासाहीमा परेको अवस्था रहेको,

(ङ) शारीरिक तथा मानसिक अस्वस्थताको कारणले समितिमा रही सेवा गर्न असमर्थ भएको,

(च) भ्रष्टाचार, बैंकिङ्ग वा बीमा सम्बन्धी कसुर, ठगी, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, सङ्गठित अपराध वा नैतिक पतन देखिने अन्य कुनै फौजदारी कसुरमा अदालतबाट कसुरदार ठहर भएको,

(छ) प्रचलित कानून बमोजिम कालोसूचीमा परेकोमा फुकुवा भएको तीन वर्ष पूरा नभएको,

(ज) अदालत वा प्रचलित कानून बमोजिम स्थापना भएको नियमनकारी निकायबाट कुनै दण्ड सजाय पाएको,

(झ) विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएको,

(ञ) बीमकको सञ्चालक समितिको अध्यक्ष, सदस्य, कार्यकारी प्रमुख तथा उच्च व्यवस्थापकीय पदाधिकारीको पदबाट अलग भएको दुई वर्ष पूरा नभएको ।

Share this Law

दफा ८ः अध्यक्ष वा सदस्यको योग्यता र अयोग्यता

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.