दफा ८७ः बीमकको लेखापरीक्षण

Estimated reading: 0 minutes 409 views

१) बीमकले आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र प्रचलित कानून बमोजिम लेखापरीक्षण गराउनु पर्नेछ।

२) उपदफा (१) बमोजिमको अवधिभित्र लेखापरीक्षण गराउन नसक्ने बीमकले मनासिब कारण खुलाई लेखापरीक्षण गराउने अवधि थपको लागि अनुरोध गरेमा प्राधिकरणले दुई महिनासम्मको अवधि थप गरिदिन सक्नेछ।

३) लेखापरीक्षण प्रतिवेदनमा लेखापरीक्षण गर्दा कुनै कैफियत तथा अनियमितता देखिए सो कुरा र सो सम्बन्धमा बीमकको व्यवस्थापनबाट कुनै जवाफ प्राप्त भएमा वा नभएमा सो व्यहोरा समेत उल्लेख भएको हुनु पर्नेछ।

४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्राधिकरणले बीमकको लेखापरीक्षण प्रतिवेदन तयार गर्नको लागि छुट्टै विस्तृत लेखापरीक्षण प्रतिवेदन (लङ्ग फर्म अडिट रिर्पोट) को ढाँचा तोक्न सक्नेछ र त्यस्तो ढाँचा तोकेकोमा लेखापरीक्षकले त्यस्तो ढाँचा बमोजिमको लेखापरीक्षण प्रतिवेदन तयार गरी प्राधिकरण समक्ष पेश गर्नु पर्नेछ।

५) बीमकले आफ्नो लेखापरीक्षण सम्पन्न भएको तीस दिनभित्र आफ्नो वित्तीय विवरण स्वीकृतिका लागि प्राधिकरण समक्ष पेश गर्नु पर्नेछ।

६) बीमकको वित्तीय विवरणको सम्बन्धमा छलफल गर्न आवश्यक परेमा प्राधिकरणले बीमकका सञ्चालक, कार्यकारी प्रमुख, कर्मचारी, लेखापरीक्षक वा अन्य सम्बन्धित कुनै व्यक्ति वा संस्थालाई बोलाउन सक्नेछ र त्यसरी बोलाएको वखत प्राधिकरण समक्ष उपस्थित हुनु निजको कर्तव्य हुनेछ।

७) उपदफा (५) बमोजिम प्राधिकरणमा प्रतिवेदन पेश नगरी बीमकले प्रचलित कानून बमोजिम पेश गर्नु पर्ने सरकारी निकाय बाहेक अन्य निकायमा पेश गर्न, प्रकाशित गर्न वा बीमकको साधारण सभा आह्वान गर्नु हुँदैन।

८) बीमकले प्रत्येक वर्ष लेखापरीक्षण भएको वित्तीय विवरण कम्तीमा दुई पटक राष्ट्रिय स्तरका सञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण गर्नुको साथै आफ्नो वेबसाइट मार्फत समेत सार्वजनिक गर्नु पर्नेछ।

९) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (२) बमोजिम अवधि थप गर्दा समेत बीमकले लेखापरीक्षक नियुक्त नगरेको कारणबाट लेखापरीक्षण हुन नसकेमा प्राधिकरणले त्यस्तो बीमकको लागि लेखापरीक्षक नियुक्त गरिदिन सक्नेछ।

१०) उपदफा (९) बमोजिम प्राधिकरणले नियुक्त गरेको बीमकको लेखापरीक्षकको पारिश्रमिक तथा लेखापरीक्षण सम्बन्धी अन्य खर्च सम्बन्धित बीमकले व्यहोर्नु पर्नेछ।

११) लेखापरीक्षकले लेखापरीक्षण प्रतिवेदनमा खुलाउनु पर्ने कुरा तथा बीमकको लेखापरीक्षण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

Share this Law

दफा ८७ः बीमकको लेखापरीक्षण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.