दफा ८५ः बीमकको लेखापरीक्षण समिति

Estimated reading: 1 minute 329 views

१) यो ऐन प्रारम्भ भएपछि इजाजतपत्रप्राप्त बीमकले बीमा व्यवसाय प्रारम्भ गरेको तीस दिनभित्र र यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेको लेखापरीक्षण समिति गठन नगरेको बीमकले यो ऐन प्रारम्भ भएको तीस दिनभित्र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको संयोजकत्वमा तीन सदस्यीय लेखापरीक्षण समिति गठन गरी सोको जानकारी प्राधिकरणलाई दिनु पर्नेछ।

२) बीमकको अध्यक्ष, कार्यकारी प्रमुख, लेखा प्रमुख वा निजको नजिकको नातेदार उपदफा (१) बमोजिमको समितिमा सदस्य हुन सक्ने छैन।

३) लेखापरीक्षण समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) बीमकको वित्तीय विवरणको समिक्षा गरी त्यस्ता विवरणमा उल्लिखित सूचनाको आधार, सत्यता र यथार्थतामा यकिन गर्ने,

(ख) बीमकको लेखा, बजेट, आन्तरिक नियन्त्रण प्रणाली उपयुक्त भए वा नभएको, अनुगमन गरी यकिन गर्ने,

(ग) बीमकको खरिद प्रणाली उपयुक्त र मितव्ययी भए वा नभएको सम्बन्धमा निरीक्षण र अनुगमन गर्ने,

(घ) बीमकको बहीखाता, आन्तरिक लेखापरीक्षण प्रणालीको अभिलेखका कागजात वा विद्युतीय अभिलेख उपयुक्त ढंगबाट राखिएको छ, छैन यकिन गर्ने,

(ङ) बीमा जोखिमाङ्कन, बीमा दाबी, लगानी, पुनर्बीमा सम्बन्धी कार्य ठिक ढंगले भए वा नभएको र सो सम्बन्धी अभिलेख उपयुक्त ढंगमा राखिएको वा नराखिएको यकिन गर्ने,

(च) बीमकको लेखा, लेखापरीक्षण, वासलात वा वित्तीय विवरण यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम प्राधिकरणबाट जारी भएको निर्देशन वा बीमकको नियमावली बमोजिम भए वा नभएको यकिन गर्ने,

(छ) बीमकको लेखापरीक्षक नियुक्तिका लागि तीनजना लेखापरीक्षकको नाम सिफारिस गर्ने,

(ज) बीमकको सञ्चालक समितिले माग गरेको विषयमा राय तथा परामर्श दिने,

(झ) बीमकले प्राधिकरणले दिएको निर्देशन पालना गरे वा नगरेको यकिन गर्ने।

४) लेखापरीक्षण समितिले आफ्नो काम कारबाहीको प्रतिवेदन बीमकको सञ्चालक समितिमा पेश गर्नेछ।

Share this Law

दफा ८५ः बीमकको लेखापरीक्षण समिति

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.