दफा १३४ः नियमनको कारबाही

Estimated reading: 1 minute 362 views

१) कुनै बीमकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा निर्देशन वा आदेश उल्लङ्घन गरेको पाइएमा वा प्राधिकरणमा गलत विवरण वा तथ्याङ्क पेश गरेको देखिएमा त्यस्तो बीमक वा निजको कुनै सञ्चालक, पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी वा बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकलाई प्राधिकरणले देहाय बमोजिमको कारबाही गर्न सक्नेछः-

(क) लिखित रुपमा सचेत गराउने वा चेतावनी दिने,

(ख) सुधारका लागि कबुलियत गराउने वा निश्चित अवधि तोकी कुनै सुधार गर्न आदेश दिने,

(ग) बीमकको सम्पत्ति वा बहीखाता नियन्त्रणमा लिने,

(घ) शेयरधनीलाई वितरण गर्ने लाभांश, बोनस शेयर वा हकप्रद शेयर वितरण वा जारी गर्न रोक लगाउने,

(ङ) बीमकको सञ्चालक, पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी तथा बीमा मध्यस्थकर्तालाई निलम्बन गर्ने वा निलम्बन गर्न बीमकलाई आदेश दिने,

(च) बीमा व्यवसाय सञ्चालन गर्न आंशिक वा पूर्ण रुपमा रोक लगाउने,

(छ) इजाजतपत्रप्राप्त बीमा कम्पनी खारेज गर्न सम्बन्धित उच्च अदालत समक्ष निवेदन दिने।

२) कुनै पनि बीमकको संस्थापक, शेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख वा पदाधिकारी, कर्मचारी वा कुनै सम्बन्धित व्यक्तिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम, निर्देशन वा आदेशको उल्लङ्घन गरेमा प्राधिकरणले उल्लङ्घनको प्रकृति तथा गम्भीरता हेरी देहाय बमोजिमको कुनै एक वा एकभन्दा बढी कारबाही गर्न सक्नेछः –

(क)निजले लिएको सम्बन्धित बीमकको शेयर जफत तथा रोक्का गर्ने र सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने वा गर्न लगाउने,

(ख) बीमकको सञ्चालक समिति, सञ्चालक, पदाधिकारी र अन्य कर्मचारीले पाउने बैठक भत्ता पारिश्रमिक लगायतका केही वा सबै सुविधा रोक्का वा निलम्बनमा राख्ने वा राख लगाउने,

(ग) प्राधिकरणको नियमन, निरीक्षण वा अनुगमनबाट बीमकले बीमित, शेयरधनी तथा बीमकको हितमा काम नगरेको पाइएमा बीमकको अध्यक्ष, सञ्चालक, कार्यकारी प्रमुख वा कर्मचारीलाई लिखित सूचना दिई सो पदबाट हटाउने,

(घ) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम, निर्देशन वा आदेश विपरीत तलव भत्ता तथा अन्य सुविधा कसैले लिएको वा दिएको भएमा त्यस्तो सम्पूर्ण सेवा सुविधा वा सो बापत लाग्ने रकम तथा प्रचलित कानून बमोजिमको ब्याज त्यस्तो सेवा सुविधा दिने व्यक्तिहरूबाट असुल उपर गर्ने,

(ङ) बीमकको सञ्चालक, पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी व्यावसायिक रूपले सम्बद्ध भएको निकाय समक्ष कारबाहीका लागि लेखी पठाउन सम्बन्धित बीमकलाई आदेश दिने।

३) उपदफा (२) को खण्ड (ग) बमोजिम पदबाट हटाइएको व्यक्तिले अवकास पाए बापत कुनै क्षतिपूर्ति वा सुविधा पाउने छैन र त्यसरी अवकास भएको पाँच बर्षसम्म कुनै बीमकको सेवामा नियुक्त हुन पाउने छैन।

४) बीमकले कुनै सञ्चालक, पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारीको हेलचेक्र्याँई वा बदनियतका कारण तिर्नु बुझाउनु पर्ने भएमा त्यस्तो रकम सञ्चालक, पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारीबाट असुल उपर गर्न वा गर्न लगाउन आदेश दिन सक्नेछ।

५) उपदफा (४) बमोजिम दिइएको आदेशको जानकारी पाएको मितिले पैंतीस दिनभित्र त्यस्ता सञ्चालक, पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारीले त्यस्तो रकम व्यक्तिगत रूपमा तिर्नु बुझाउनु पर्नेछ।

६) उपदफा (५) बमोजिमको रकम प्राधिकरणले तोकेको अवधिभित्र नतिरे वा नबुझाएमा त्यस्तो सञ्चालक, पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी वा निजको एकाघरको परिवारको नाममा रहेको कुनै बैंक वा वित्तीय संस्थाको खाता वा निज वा निजको एकाघरको परिवारको कुनै पनि चल अचल सम्पत्तिबाट सरकारी बाँकी सरह असुल उपर गरिनेछ।

७) यस ऐन बमोजिम प्राधिकरणले कुनै बीमक, मध्यस्थकर्ताको नियमन, निरीक्षण, अनुगमन वा अन्य कुनै कारबाही गरी सोको सूचना सार्वजनिक रूपमा प्रकाशन वा प्रसारण गरेमा त्यस्तो सूचना प्रकाशन वा प्रसारण गर्दा लागेको खर्च बीमकले व्यहोर्नु पर्नेछ।

Share this Law

दफा १३४ः नियमनको कारबाही

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.