दफा ८१ः पुनर्बीमा व्यवसाय

Estimated reading: 1 minute 289 views

१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पुनर्बीमा व्यवसाय गर्ने बीमकको सम्बन्धमा देहायका कुरामा देहाय बमोजिम हुनेछः-

(क) पुनर्बीमा व्यवसाय गर्ने बीमकले जीवन वा निर्जीवन दुवै बीमा व्यवसायको पुनर्बीमा स्वीकार गर्न सक्नेछ।

(ख) पुनर्बीमा व्यवसाय गर्ने बीमकले विदेशी बीमा कम्पनी वा पुनर्बीमा कम्पनीबाट पुनर्बीमा स्वीकार गर्न वा त्यस्तो बीमा कम्पनीलाई पुनर्बीमा दिन सक्नेछ।

(ग) स्वदेशमा कार्यरत बीमकले देशभित्र स्थापित पुनर्बीमकसँग प्राधिकरणले तोकेको प्रतिशतभन्दा कम नहुने गरी अनिवार्यरुपमा पुनर्बीमा गराउनु पर्नेछ।

२) पुनर्बीमा व्यवसाय गर्ने बीमकले त्यस्तो व्यवसाय गर्दा आफैं वा बीमा दलाल मार्फत गर्न सक्नेछ।

३) पुनर्बीमा व्यवसाय सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ८१ः पुनर्बीमा व्यवसाय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.