दफा ६८ः सम्पत्तिको भोगचलन गर्न नहुने

Estimated reading: 0 minutes 306 views

१) प्रचलित कानून बमोजिम कम्पनीको सञ्चालक, कार्यकारी प्रमुख, शेयरधनी, कर्मचारी वा बीमा मध्यस्थकर्ताको हैसियतमा पाउने सुविधा वा लाभ बाहेक बीमकको सम्पत्ति बीमकको सञ्चालक, सञ्चालकको एकाघरको परिवार, आधारभूत शेयरधनी, वित्तीय स्वार्थ भएको व्यक्ति, बीमक वा त्यसको सञ्चालक मेनेजिङ एजेण्ट भएको वा हिस्सेदार भएको कुनै पनि फर्म,कम्पनी वा संस्था वा कार्यकारी प्रमुखले कुनै किसिमले भोगचलन गर्न हुँदैन।

२) बीमकले आफ्नो सञ्चालक, सञ्चालकको एकाघरको परिवार, आधारभूत शेयरधनी, बीमक वा त्यसको सञ्चालक मेनेजिङ एजेण्ट भएको वा हिस्सेदार भएको कुनै पनि फर्म, कम्पनी वा संस्था वा कार्यकारी प्रमुखको सम्पत्ति भाडामा लिई वा अन्य कुनै तरिकाले उपयोग गर्न सक्ने छैन।

Share this Law

दफा ६८ः सम्पत्तिको भोगचलन गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.