दफा ६६ः बीमा गर्न नहुने

Estimated reading: 1 minute 380 views

१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बीमकले देहायका कुनै व्यक्ति वा संस्थाको कुनै पनि सम्पत्ति वा. दायित्वको बीमा गर्न हुँदैन:-

(क) बीमक आफैले व्यहोर्ने दायित्वको,

(ख) बीमकको आफ्नो आधारभूत शेयर धनी, सञ्चालक, परामर्शदाता, लेखापरीक्षक, कर्मचारी वा निजको एकाघरको परिवारको सदस्यको,

(ग) आधारभूत शेयरधनी वा निजको एकाघरको परिवारको सदस्यको,

(घ) आफ्नो सञ्चालक मनोनीत वा नियुक्त गर्ने अधिकार पाएको फर्म, कम्पनी वा संस्थाको,

(ङ) बीमकको सञ्चालकको वित्तीय स्वार्थ भएको वा आफ्नो सञ्चालक म्यानेजिङ्ग एजेन्ट वा हिस्सेदार वा सञ्चालक भएको कुनै फर्म, कम्पनी वा संस्था, आधारभूत शेयरधनी वा निजको एकाघरको परिवारको सदस्यको।

तर प्राधिकरणले निर्धारण गरेको बीमाङ्कको शर्त तथा सीमाभित्र रही जीवन बीमा व्यवसाय गर्ने बीमकले यस उपदफामा उल्लिखित व्यक्तिहरूको बीमा गर्न बाधा पुग्ने छैन।

२) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) मा उल्लिखित व्यवस्था नेपाल सरकारको स्वामित्वमा रहेको सम्पत्ति वा दायित्वको बीमा गर्ने सम्बन्धमा लागू हुने छैन।

Share this Law

दफा ६६ः बीमा गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.