दफा ६४ः बीमाशुल्क

Estimated reading: 0 minutes 325 views

१) बीमकले प्राधिकरणले निर्धारण गरे बमोजिमको बीमादरको आधारमा बीमाशुल्क गणना गर्नु पर्नेछ।

२) बीमकले पूरा बीमाशुल्क नलिई बीमालेख जारी गर्न हुँदैन।

३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कारणले एकमुष्ठ रकम भुक्तानी भई नसकेको अवस्थामा भुक्तानी हुने अवधि किटान गरी कुनै बैंक वा नेपाल सरकारको जमानतमा बीमालेख जारी भएकोमा बीमा शुल्क प्राप्त गरेको मानिनेछ।

तर तीस दिनभन्दा लामो अवधिको बैंक जमानतमा बीमालेख जारी गर्न पाइने छैन।

४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि जीवन बीमाको हकमा किस्ताबन्दीमा तथा तोकिएको कुनै खास निर्जीवन बीमामा आंशिक रकम भुक्तानी प्राप्त गरी बीमालेख जारी गर्न बाधा पुग्ने छैन।

५) बीमाशुल्क संकलन गरी बीमकलाई भुक्तानी गर्ने जिम्मा लिएको व्यक्ति वा संस्थाबाट बीमकलाई समयमा बीमाशुल्क प्राप्त हुन नआएमा बीमकले सो सम्बन्धी जानकारी बीमितलाई दिनु पर्नेछ।

६) बीमा दर तथा बीमाशुल्क सम्बन्धी अन्य व्यवस्था प्राधिकरणले तोके बमोजिम हुनेछ।

Share this Law

दफा ६४ः बीमाशुल्क

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.