दफा ६३ः बीमालेख

Estimated reading: 0 minutes 348 views

१) बीमकले प्राधिकरणबाट स्वीकृत भए बमोजिमको बीमालेख जारी गर्नु पर्नेछ।

२) बीमालेख जारी भएपछि बीमक र बीमित बीच बीमालेखमा उल्लिखित बिषयमा बीमा करार भएको मानिनेछ र त्यस्तो करारको शर्त दुबै पक्षका लागि बन्धनकारी हुनेछ ।

३) बीमितले बीमा प्रस्ताव गर्दा कुनै कुरा नखुलाएको “विषयमा बीमालेख जारी भएको मितिले एक वर्षपछि बीमकले सो सम्बन्धमा कुनै प्रश्न उठाउन पाउने छैन।

४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि बीमालेख जारी भएपछि कुनै बीमितले बदनियतपूर्वक जोखिम सम्बन्धी सारभूत तथ्य लुकाएको वा झुट्टा विवरण दिएको पुष्टि भएमा बीमकले त्यस्तो विवरण सच्याउन बीमितलाई जहिलेसुकै निर्देशन दिन वा बीमितले प्राप्त गर्ने कुनै सुविधा रोक्न सक्नेछ ।

५) बीमितले जीवन बीमाको बीमालेख तोकिए बमोजिम अन्य व्यक्तिलाई हक हस्तान्तरण गरी दिन सक्नेछ।

६) बीमालेख सम्बन्धी अन्य व्यवस्था प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ।

Share this Law

दफा ६३ः बीमालेख

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.