दफा ६१ः बीमा व्यवसायको किसिम

Estimated reading: 1 minute 316 views

१) बीमा व्यवसायको किसिम देहाय बमोजिम हुनेछ:-

(क) जीवन बीमा व्यवसाय,

(ख) निर्जीवन बीमा व्यवसाय, र

(ग) पुनर्बीमा व्यवसाय।

२) जीवन बीमा व्यवसाय गर्ने बीमकले इजाजतपत्रको अधीनमा रही तोकिए बमोजिमको प्रकार (पोर्टफोलियो) को जीवन बीमा व्यवसाय गर्न सक्नेछ।

३) निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले इजाजतपत्रको अधीनमा रही तोकिए बमोजिमको प्रकार (पोर्टफोलियो) को निर्जीवन बीमा व्यवसाय गर्न सक्नेछ।

४) पुनर्बीमा व्यवसाय गर्ने बीमकले गर्ने व्यवसायको प्रकार प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ।

Share this Law

दफा ६१ः बीमा व्यवसायको किसिम

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.