दफा ५८ः कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकार

Estimated reading: 1 minute 372 views

१) सञ्चालक समितिबाट स्वीकृत नीति, प्राधिकरणबाट दिइएको निर्देशन र प्रचलित कानून बमोजिम बीमकको दैनिक, व्यावसायिक एवं प्रशासकीय कार्य गर्नु कार्यकारी प्रमुखको कर्तव्य हुनेछ।

२) बीमकको कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकार सञ्चालक समितिबाट प्रत्यायोजित अधिकारको अधीनमा रही देहाय बमोजिम हुनेछः-

(क) प्रबन्धपत्र र नियमावलीको अधीनमा रही सञ्चालक समितिबाट प्रदत्त अधिकार प्रयोग गर्ने, सञ्चालक समितिको निर्णय लागू गर्ने र बीमकको काम कारबाही तथा कारोबारको रेखदेख तथा नियन्त्रण गर्ने,

(ख)बीमकको वार्षिक बजेट र कार्ययोजना तयार गरी स्वीकृतिको लागि सञ्चालक समिति समक्ष पेश गर्ने,

(ग) बीमकको कर्मचारी विनियमावलीको अधीनमा रही आवश्यक जनशक्ति व्यवस्थापन गर्ने,

(घ) साधारण सभा तथा सञ्चालक समितिबाट गरिएका निर्णय कार्यान्वयन गर्ने गराउने,

(ङ) यो ऐन वा प्राधिकरणको निर्देशन अनुरूप संस्था सञ्चालन गर्ने र संस्थाको प्रभावकारी आन्तरिक नियन्त्रण एवं जोखिम व्यवस्थापन गर्ने,

(च) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम, निर्देशन वा आदेश, प्रबन्धपत्र र नियमावलीको अधीनमा रही बीमकले प्राधिकरण वा अन्य निकायमा पेश गर्नु पर्ने प्रतिवेदन, विवरण, कागजात, निर्णय यथासमयमा पेश गर्ने।

३) कार्यकारी प्रमुख आफ्नो कामको निमित्त सञ्चालक समितिप्रति उत्तरदायी हुनेछ।

Share this Law

दफा ५८ः कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.