दफा ५६ः बीमकको व्यवस्थापन

Estimated reading: 0 minutes 300 views

१) बीमकले बीमा व्यवसाय सञ्चालन गर्नका लागि आवश्यक कर्मचारी नियुक्त गर्नु पर्नेछ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बीमकसँग वित्तीय स्वार्थ भएको व्यक्ति कर्मचारीमा नियुक्त हुन सक्ने छैन।

३) बीमकले बीमा व्यवसाय सञ्चालन गर्दा बीमितको हितमा प्रतिकूल असर नपर्ने गरी व्यवस्थापन कार्यमा खर्च गर्नु पर्नेछ।

४) उपदफा (३) बमोजिमको व्यवस्थापन खर्चको सीमा तथा अन्य व्यवस्था प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ।

Share this Law

दफा ५६ः बीमकको व्यवस्थापन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.