दफा ५३ः सञ्चालक समितिको काम, कर्तव्य र अधिकार

Estimated reading: 1 minute 377 views

१) बीमकको साधारण सभाबाट हुने काम बाहेक यो ऐन र यस ऐन अन्तर्गत बनेका नियम वा विनियम, जारी भएका निर्देशन, आदेश, प्रबन्धपत्र, नियमावली र अन्य प्रचलित कानूनको अधीनमा रही बीमकको सम्पूर्ण काम, कर्तव्य र अधिकार बीमकको सञ्चालक समितिमा निहित रहनेछ।

२) बीमकको समग्र जोखिम व्यवस्थापन गरी बीमित तथा सर्वसाधारण शेयरधनीको हितमा बीमा व्यवसाय सञ्चालन गर्नु, संस्थागत सुशासन कायम गर्नु र दैनिक काम: कारबाहीमा हस्तक्षेप नगर्ने कुराको प्रत्याभूति गर्नु सञ्चालक समितिको कर्तव्य हुनेछ।

३) सञ्चालक समितिको अन्य काम, कर्तब्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क)यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम, निर्देशन, आदेश, प्रबन्धपत्र, नियमावली र प्रचलित कानूनको अधीनमा रही आवश्यक विनियम, निर्देशिका र कार्यविधि बनाई लागू गर्ने,

(ख)बीमकको जोखिमाङ्कन, व्यवस्थापन, बीमा दाबी भुक्तानी, सम्पत्ति तथा दायित्व व्यवस्थापन, बजेट, योजना तथा अन्य आवश्यक विषयमा नीति तथा योजना तर्जुमा गरी लागू गर्ने, गराउने,

(ग) बीमा व्यवसाय सञ्चालन सम्बन्धमा प्राधिकरणको निर्देशन बमोजिम आवश्यक नीति तथा मापदण्ड स्वीकृत गरी लागू गर्ने, गराउने,

(घ) बीमकको चुक्ता पूँजी, बीमाकोष र अन्य चल तथा स्थिर सम्पत्ति प्राधिकरणले निर्धारण गरे बमोजिम कायम राख लगाउने,

(ङ) बीमकले अवलम्बन गरेको नीतिको नियमित रुपमा अनुगमन तथा विश्लेषण गरी व्यवस्थापनलाई आवश्यक निर्देशन दिने,

(च) बीमकको बार्षिक प्रतिवेदन सहितको लेखापरीक्षण प्रतिवेदन साधारण सभामा पेश गर्ने,

(छ) प्राधिकरणले समय समयमा तोके बमोजिमको कार्यहरू गर्ने, गराउने।

Share this Law

दफा ५३ः सञ्चालक समितिको काम, कर्तव्य र अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.