दफा ५२ः सञ्चालक समितिको बैठक

Estimated reading: 0 minutes 311 views

१) सञ्चालक समितिको बैठक वर्षमा कम्तीमा छ पटक बस्नु पर्नेछ।

तर दुईवटा बैठकको बीचको फरक दुई महिनाभन्दा बढी हुने छैन।

२) कम्तीमा एक चौथाई सञ्चालकले लिखित अनुरोध गरेमा सञ्चालक समितिको अध्यक्षले जुनसुकै बखत सञ्चालक समितिको बैठक बोलाउनु पर्नेछ।

३) सञ्चालक समितिको बैठक अध्यक्षले तोकेको स्थान, मिति र समयमा बस्नेछ।

४) सञ्चालक समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछन र निजको अनुपस्थितिमा ज्येष्ठ सञ्चालकले बैठकको अध्यक्षता गर्नेछ।

५) कुल सञ्चालक संख्याको कम्तीमा एकाउन्न प्रतिशत सञ्चालक उपस्थित नभई सञ्चालक समितिको बैठक बस्ने छैन।

६) सञ्चालक समितिको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने सदस्यले निर्णायक मत दिनेछ।

७) सञ्चालक समितिको बैठकमा उपस्थित सञ्चालकको नाम, छलफल भएको विषय र बैठकको निर्णय (माइन्यूट) छुट्टै किताबमा अभिलेख गर्नु पर्नेछ र सो निर्णयमा बैठकमा उपस्थित सबै सञ्चालकले दस्तखत गर्नु पर्नेछ।

तर सञ्चालक समितिको निर्णयमा कुनै सञ्चालकले फरक मत राख चाहेमा सो फरक मत निजले दस्तखत गरी अभिलेख गर्न सक्नेछ।

८) सञ्चालकले आफ्नो स्वार्थ रहेको कुनै विषयमा सञ्चालक समिति वा अन्य कुनै उपसमितिको बैठकमा छलफल हुने भएमा सो कुराको जानकारी बैठकलाई गराउनु पर्नेछ र त्यस्तो बैठकमा निजले भाग लिनु हुँदैन।

९) सञ्चालक समितिले बैठकमा छलफलका लागि निर्धारित विषयमा सम्बन्धित विषयको विज्ञसँग आवश्यक राय परामर्श लिन सक्नेछ।

१०) सञ्चालकले बैठकमा उपस्थित भए बापत प्राधिकरणले जारी गरेको निर्देशनको अधीनमा रही साधारण सभाले निर्धारण गरे बमोजिमको बैठक भत्ता तथा अन्य सुविधा पाउनेछ।

Share this Law

दफा ५२ः सञ्चालक समितिको बैठक

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.