परिच्छेद-६ सञ्चालक समिति तथा कार्यकारी प्रमुख

दफा ५१ः सञ्चालक आफ्नो पदमा बहाल नरहने अवस्था

Estimated reading: 1 minute 162 views

१) देहायका अवस्थामा कुनै पनि व्यक्ति बीमकको सञ्चालकको पदमा बहाल रहने छैनः-

(क) दफा ५० बमोजिम सञ्चालक पदमा रहन अयोग्य भएमा,

(ख) जुन समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व भएको हो सोही समूहको कम्तीमा एकाउन्न प्रतिशत शेयरधनीले सञ्चालकको पदबाट हटाउन साधारण सभामा पेश गरेको प्रस्ताव बहुमतले पारित भएमा,

स्पष्टीकरण: यस दफाको प्रयोजनका लागि “समूह” भन्नाले संस्थापक र सर्वसाधारण शेयरधनीको समूह भन्ने सम्झनु पर्छ।

(ग) सञ्चालकले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएमा,

(घ) बीमक वा बीमितको हकहित विपरीत कार्य गरेको कारण निज बीमकको सञ्चालक पदमा रही कार्य सम्पादन गर्न अयोग्य रहेको भनी प्राधिकरणले निजलाई हटाउन निर्देशन दिएमा।

२) आफ्नो कुनै सञ्चालकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली वा प्राधिकरणको निर्देशन विपरीत कार्य गरेको कारणबाट निज सो पदमा बहाल रहन अयोग्य छ भन्ने बीमकलाई लागेमा वा कुनै सञ्चालक त्यस्तो पदमा बहाल नरहेमा बीमकले सोको लिखित जानकारी पन्ध्र दिनभित्र प्राधिकरणलाई दिनु पर्नेछ।

३) उपदफा (२) बमोजिम कुनै सञ्चालक सो पदमा बहाल रहन अयोग्य छ भनी लेखी आएमा प्राधिकरणले आवश्यक छानबिन गरी त्यस्तो सञ्चालकलाई पदबाट हटाउन बीमकलाई निर्देशन दिन सक्नेछ।

Share this Law

दफा ५१ः सञ्चालक आफ्नो पदमा बहाल नरहने अवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.