दफा ४३ः लाभांश वितरण गर्नमा बन्देज

Estimated reading: 1 minute 275 views

१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा बीमकले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गर्न र वितरण गर्न पाउने छैनः-

(क) आफ्नो सम्पूर्ण प्रारम्भिक खर्च, अघिल्लो आर्थिक वर्षसम्मको नोक्सानी यस ऐन तथा प्राधिकरणले निर्धारण गरे बमोजिम जोखिम व्यहोर्न कायम गर्नुपर्ने कोष वा जगेडा कोषको व्यवस्था नगरेसम्म,

(ख)दफा ३६ बमोजिम पुच्याउनु पर्ने न्यूनतम चुक्ता पूँजी पूरा नगरेसम्म,

(ग) दफा ४२ बमोजिमको सम्पत्ति र दायित्वको अनुपात कायम नभएसम्म,

(घ) सर्वसाधारणलाई छुट्याइएको शेयर वितरण गरी पूर्ण रुपमा चुक्ता पूँजी भुक्तानी नभएसम्म ।

२) प्रचलित कानून बमोजिम बीमकले लाभांश घोषणा गर्नु अघि तोकिए बमोजिम प्राधिकरणको स्वीकृति लिनु पर्नेछ।

Share this Law

दफा ४३ः लाभांश वितरण गर्नमा बन्देज

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.