परिच्छेद-५ बीमकको पूँजी कोष तथा शेयर बाँडफाँट

दफा ४१ः दाबी भुक्तानी कोष तथा जगेडा कोष

Estimated reading: 1 minute 111 views

१) बीमकले दाबी भुक्तानी कोष तथा जगेडा कोष खडा गरी त्यस्तो कोषमा देहाय बमोजिमको रकम जम्मा गर्नु पर्नेछ:-

(क) तोकिएको अवधिभित्र दाबी भुक्तानी हुन नसकेका दाबी बापत हुन आउने दायित्व (आउटस्याण्डिङ क्लेम) बापतको रकम,

(ख) बीमकले बीमा गरेको सम्पत्ति तथा दायित्वका सम्बन्धमा कुनै घटना घटिसकेको तर बीमकलाई जानकारी नगराएको (इन्कर्ड बट नट रिपोर्टेड) वा पर्याप्त जानकारी नगराएको बीमा दाबीको दायित्व (इन्कर्ड बट नट रिपोर्टेड) बापतको रकम,

(ग) बीमकको समाप्त भै नसकेको जोखिम (अनएक्स्पायर्ड रिक्स रिजर्भ) बापतको रकम।

२) उपदफा (१) बमोजिमको कोष तथा त्यस्तो कोषमा जम्मा हुने रकम सम्बन्धी अन्य व्यवस्था प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ।

Share this Law

दफा ४१ः दाबी भुक्तानी कोष तथा जगेडा कोष

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.