परिच्छेद-५ बीमकको पूँजी कोष तथा शेयर बाँडफाँट

दफा ३९ः अनिवार्य जगेडा कोष

Estimated reading: 1 minute 110 views

१) बीमकले बीमा व्यवसाय सम्बन्धी दायित्व वहन गर्न छुट्टै एक अनिवार्य जगेडा कोष कायम गर्नु पर्नेछ।

२) उपदफा (१) बमोजिमको अनिवार्य जगेडा कोषमा देहाय बमोजिमका रकम जम्मा गर्नु पर्नेछ:-

(क)जीवन बीमा व्यवसाय गर्ने बीमकले नेपालभर जारी गरेको बीमालेखको आधारमा बीमाङ्गीले तोकिदिएको सम्पूर्ण दायित्वमा कम नहुने रकम,

(ख)निर्जीवन बीमा व्यवसायको आम्दानी खर्चमा देखाइएको खुद बीमा शुल्कको प्राधिकरणले तोकेको अनुपातको रकम,

(ग) निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको लागि तोकिएको चुक्ता पूँजीको बराबर नभएसम्म मुनाफा हुन आएको रकमको पचास प्रतिशत।

३) बीमकले आफ्नो व्यवसाय सञ्चालनको लागि आवश्यकता बमोजिम अन्य जगेडा कोष स्थापना गर्न सक्नेछ।

४) पुनर्बीमा व्यवसाय गर्ने बीमकको अनिवार्य जगेडा कोष सम्बन्धी अन्य व्यवस्था प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ।

५) अनिवार्य जगेडा कोष तथा अन्य जगेडा कोष सम्बन्धी अन्य व्यवस्था प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ ।

Share this Law

दफा ३९ः अनिवार्य जगेडा कोष

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.