दफा ३६ः चुक्ता पूँजी कायम गर्नु पर्ने

Estimated reading: 0 minutes 314 views

१) बीमकको न्यूनतम चुक्ता पूँजी प्राधिकरणले समय समयमा निर्धारण गरे बमोजिम हुनेछ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राधिकरणले मुलुकको वित्त वा पूँजी बजारको स्थिति, बीमकले निर्वाह गर्नुपर्ने दायित्व, बीमकको वित्तीय अवस्थाको आधारमा अवधि तोकी बीमकलाई चुक्ता पूँजी बढाउन आदेश दिन सक्नेछ।

३) उपदफा (२) बमोजिम प्राधिकरणले आदेश दिएमा तोकिएको अवधिभित्र बीमकले आफ्नो चुक्ता पूँजी कायम गरी सक्नु पर्नेछ।

४) उपदफा (१) वा (२) बमोजिम चुक्ता पूँजी कायम गर्न नसक्ने बीमकको इजाजतपत्र प्राधिकरणले निलम्बन गर्न सक्नेछ।

५) बीमकको पूँजी सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ३६ः चुक्ता पूँजी कायम गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.