दफआ ४५ः विवरणपत्र तथा शेयर निष्काशन

Estimated reading: 0 minutes 285 views

१) बीमकले धितोपत्रको सार्वजनिक निष्काशन गर्नु अघि प्रचलित कानून बमोजिम नेपाल धितोपत्र बोर्डबाट स्वीकृत गराएको विवरणपत्र प्राधिकरण समक्ष पेश गर्नु पर्नेछ।

२) उपदफा (१) बमोजिम विवरणपत्र पेश नगरेसम्म सो बीमक वा निजको तर्फबाट कसैले पनि त्यस्तो विवरणपत्र प्रकाशन गर्न पाउने छैन।

३) उपदफा (१) बमोजिम नेपाल धितोपत्र बोर्डबाट विवरणपत्रमा स्वीकृति प्रदान गरेको लिखित जानकारी प्राधिकरणलाई प्राप्त नभएसम्म प्राधिकरणले त्यस्तो विवरणपत्र दर्ता गर्ने छैन।

४) बीमकले बीमा व्यवसाय प्रारम्भ गरेको एक वर्ष पूरा भएपछि मात्र सर्वसाधारणका लागि शेयर निष्काशन गर्न सक्नेछ। त्यसरी शेयर निष्काशन गर्दा पछिल्लो वर्षको लेखापरीक्षण सम्पन्न गरेको हुनु पर्नेछ।

५) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि बीमकले सर्वसाधारणबाट शेयर खरिदका लागि दरखास्त आह्वान गर्दा शेयरको अङ्कित मूल्यको शतप्रतिशत रकम माग गर्नु पर्नेछ।

Share this Law

दफआ ४५ः विवरणपत्र तथा शेयर निष्काशन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.