परिच्छेद-४ इजाजतपत्र

दफा ३४ः इजाजत खारेज गर्न सकिने

Estimated reading: 0 minutes 159 views

१) बीमकले यस ऐन अन्तर्गत इजाजतप्राप्त बीमा व्यवसायको किसिम अन्तर्गत कुनै एक वा एकभन्दा बढी बीमाको प्रकार (पोर्टफोलियो) को इजाजत खारेज गर्न चाहेमा प्राधिकरण समक्ष निवेदन दिन सक्नेछ।

तर बीमकले आफूले गर्दै आएको सबै प्रकारको बीमाको प्रकार (पोर्टफोलियो) खारेज गर्न निवेदन दिन सक्ने छैन।

२) उपदफा (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा प्राधिकरणले त्यस्तो बीमकले गरी आएको बीमा व्यवसायको कुनै प्रकार (पोर्टफोलियो) को इजाजत खारेज गर्न सक्नेछ।

३) यस दफा बमोजिम बीमा व्यवसायको प्रकार (पोर्टफोलियो) को इजाजत खारेज सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ३४ः इजाजत खारेज गर्न सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.