दफा २९ः इजाजतपत्र दिने

Estimated reading: 0 minutes 323 views

१) दफा २८ बमोजिम प्राप्त निवेदन र सोसाथ संलग्न विवरण कागजात जाँचबुझ गर्दा निवेदक यस ऐन बमोजिम बीमा व्यवसाय गर्न सक्षम देखिएमा प्राधिकरणले तोकिए बमोजिमको दस्तुर लिई निवेदन प्राप्त भएको साठी दिनभित्र निवेदकलाई इजाजतपत्र दिनु पर्नेछ।

२) उपदफा (१) बमोजिम इजाजतपत्र दिँदा त्यस्तो इजाजतपत्रमा निवेदकले दफा ६१. बमोजिम सञ्चालन गर्न पाउने बीमा व्यवसायको किसिम र प्रकार स्पष्ट रूपमा उल्लेख गर्नु पर्नेछ।

३) उपदफा (१) बमोजिम दिइएको इजाजतपत्रमा कुनै खास मिति देखि प्रभावकारी हुने भनी उल्लेख गरिएकोमा बाहेक त्यस्तो इजाजतपत्र जारी भएको मिति देखि नै प्रभावकारी भएको मानिनेछ।

४) प्राधिकरणले यस दफा बमोजिम इजाजतपत्र दिँदा प्रचलित कानून, बीमकको आर्थिक र संगठन संरचनाको अवस्था तथा बीमितको हक हित समेतलाई ध्यानमा राखी बीमकले पालना गर्नु पर्ने आवश्यक शर्त तोक्न सक्नेछ।

५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राधिकरणले यस ऐन बमोजिम निर्देशिका जारी गरी बीमकले बीमा व्यवसाय सञ्चालन गर्दा पालना गर्नु पर्ने शर्तहरु तोक्न वा तोकिएका शर्तहरूमा हेरफेर गर्न सक्नेछ।

६) उपदफा (४) र (५) बमोजिम प्राधिकरणले तोकिदिएको शर्तको पालना गर्नु सम्बन्धित बीमकको कर्तव्य हुनेछ।

७) यस दफा बमोजिम बीमकलाई दिइएको इजाजतपत्र हस्तान्तरण हुने छैन।

८) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि निवेदकले दफा २८ बमोजिम पेश गर्नु पर्ने कुनै विवरण कागजात पेश नगरेमा वा बीमा व्यवसाय सञ्चालनको लागि आवश्यक पूर्वाधारको व्यवस्था नभएको वा अन्य कारणले निवेदकलाई इजाजतपत्र दिँदा बीमितको हक हित संरक्षण हुन नसक्ने भई इजाजतपत्र दिन मनासिब नदेखिएमा प्राधिकरणले कारण खोली निवेदन परेको साठी दिनभित्र सोको जानकारी निवेदकलाई दिनु पर्नेछ।

Share this Law

दफा २९ः इजाजतपत्र दिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.