दफा २८ः निवेदन दिनु पर्ने

Estimated reading: 1 minute 323 views

१) दफा २६ बमोजिम पूर्वस्वीकृति लिई प्रचलित कानून बमोजिम संस्थापना भएको कम्पनीले बीमा व्यवसाय गर्न चाहेमा देहायका विवरण. तथा कागजात संलग्न गरी प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछः-

(क) बीमा कम्पनी संस्थापना गर्न प्राधिकरणले दिएको पूर्वस्वीकृति,

(ख) बीमा कम्पनी स्थापना भएको प्रमाणपत्रको प्रतिलिपि,

(ग) बीमा कम्पनीको प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि,

(घ) बीमा कम्पनीको संस्थापक कुनै कम्पनी वा सङ्गठित संस्था भए त्यस्तो कम्पनी वा सङ्गठित संस्थाले पछिल्लो तीन आर्थिक वर्षमा कर चुक्ता गरेको र वार्षिक वित्तीय विवरण सहितको लेखापरीक्षण प्रतिवेदन,

(ङ) खण्ड (घ) बमोजिमको संस्थापक कम्पनी वा सङ्गठित संस्थाका आधारभूत शेयरधनीको नाम र निजका एकाघरको परिवारको विवरण,

(च) बीमकले गर्न चाहेको बीमा व्यवसायको किसिम,

(छ) बीमकले गर्न चाहेको बीमा व्यवसायको प्रकार (पोर्टफोलियो),

(ज) बीमा व्यवसाय सञ्चालन गर्न आवश्यक पूर्वाधारको विवरण वा भवन भाडामा लिएको भए सो सम्बन्धी सम्झौताको प्रतिलिपि,

(झ) कार्यकारी प्रमुख तथा अन्य व्यवस्थापक तहका पदाधिकारीको व्यक्तिगत विवरण,

(ञ) बीमा जोखिम धारण सम्बन्धी व्यवस्था,

(ट) लगानी नीति, जोखिमाङ्कन, दाबी, पुनर्बीमा, सूचना प्रविधि सम्बन्धी विवरण,

(ठ) प्रस्तावित बीमालेख वा पुर्नबीमा कम्पनीको हकमा प्रस्तावित पुनर्बीमा करारको मसौदा,

(ड) संस्थापकले लिन कबुल गरेको शेयरको रकम चुक्ता भएको प्रमाणित हुने कागजात,

(ढ) कम्पनीको सङ्गठनात्मक संरचना सम्बन्धी विवरण,

(ण) कम्पनीका कर्मचारीको पारिश्रमिक, सेवाका शर्त र सुविधा सम्बन्धी विनियमावली,

(त) कम्पनीको आर्थिक प्रशासन तथा खरिद सम्बन्धी विनियमावली,

(थ) प्राधिकरणले निर्धारण गरेका अन्य विवरण तथा कागजात ।

२) कुनै विदेशी बीमा कम्पनीको शाखा कार्यालयले बीमा व्यवसाय सञ्चालन गर्नको लागि निवेदन दिँदा उपदफा (१) मा उल्लिखित विवरणको अतिरिक्त देहाय बमोजिमका विवरण समेत संलग्न गर्नु पर्नेछ:-

(क)त्यस्तो विदेशी बीमा कम्पनीलाई सम्बन्धित मुलुकको नियमन गर्ने निकायले नेपालमा बीमा व्यवसाय गर्न दिएको इजाजतपत्र,

(ख) त्यस्तो विदेशी बीमा कम्पनीको शाखा कार्यालय नेपालमा दर्ता भएको निस्सा,

(ग) त्यस्तो बीमा कम्पनीको शाखा कार्यालय दर्ता गर्नको लागि प्राधिकरणबाट पूर्वस्वीकृति लिएपछि त्यस्तो विदेशी बीमा कम्पनीले दफा २६ बमोजिम पेश गरेको विवरणमा फरक परेको भए सोको विवरण,

(घ) प्राधिकरणले निर्धारण गरेका अन्य विवरण तथा कागजात ।

Share this Law

दफा २८ः निवेदन दिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.