दफा २६ः पूर्वस्वीकृति लिनु पर्ने

Estimated reading: 1 minute 358 views

१) बीमा व्यवसाय सञ्चालनको लागि दफा २५ बमोजिम कम्पनी संस्थापना गर्न चाहने व्यक्तिले तोकिए बमोजिमको शुल्क सहित देहायका कागजात संलग्न गरी पूर्वस्वीकृतिका लागि प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ:-

(क) प्रस्तावित बीमा कम्पनीको प्रबन्धपत्र तथा नियमावली,

(ख) बीमा व्यवसायको सम्भाव्यता अध्ययन प्रतिवेदन तथा पूर्वाधार सम्बन्धी विवरण,

(ग) प्राधिकरणले तोकेको ढाँचामा संस्थापकहरुको व्यक्तिगत विवरण,

(घ) प्रस्तावित बीमा कम्पनी संस्थापना गर्नु अघि संस्थापकहरु बीच कुनै सम्झौता भएको भए त्यस्तो सम्झौताको प्रमाणित प्रतिलिपि र सोको सारांश,

(ङ) पूर्वस्वीकृतिको लागि निवेदन दिनुभन्दा तत्काल अघि संस्थापकले अघिल्लो आर्थिक वर्षसम्मको कर चुक्ता गरेको प्रमाण,

(च) कुनै सङ्गठित संस्थाले निवेदन दिएको भए देहायको विवरण:-

(१) बीमा कम्पनी संस्थापनाको सम्बन्धमा सञ्चालक समितिको निर्णय,

(२) सम्बन्धित कम्पनीको प्रबन्धपत्र तथा नियमावली,

(३) लगानी गर्न सक्षम रहेको पुष्टी हुने तोकिए बमोजिमका कागजात,

(४) प्रचलित कानून बमोजिम नियमन हुने व्यवसाय वा कारोबार सञ्चालन गर्ने संस्था भएमा त्यस्तो संस्थाको नियमनकारी निकायबाट बीमा व्यवसायमा लगानी गर्न दिएको अनुमति ।

(छ) प्राधिकरणले निर्धारण गरेका अन्य विवरण तथा कागजात ।

२) कुनै विदेशी बीमा कम्पनीले प्राधिकरणको पूर्वस्वीकृति लिई नेपालको कुनै सङ्गठित संस्था वा नेपाली नागरिकसँग संयुक्त लगानीमा बीमा कम्पनी संस्थापना गर्न वा नेपालमा शाखा कार्यालय खोल्न सक्नेछ।

३) उपदफा (२) बमोजिम कुनै विदेशी बीमा कम्पनीले नेपालमा संयुक्त लगानीमा बीमा कम्पनी संस्थापना गर्न वा शाखा कार्यालय खोल्न चाहेमा पूर्वस्वीकृतिको लागि तोकिए बमोजिमको शुल्क सहित प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ।

४) उपदफा (३) बमोजिम निवेदन दिँदा निवेदकले उपदफा (१) मा उल्लिखित विवरणका अतिरिक्त देहायका विवरण कागजात समेत संलग्न गर्नु पर्नेछः-

(क)सम्बन्धित मुलुकमा बीमा व्यवसाय गर्न पाएको इजाजतपत्रको प्रतिलिपि,

(ख)सम्बन्धित मुलुकमा बीमा व्यवसाय गर्न पाएको इजाजतपत्र अद्यार्वधिक नवीकरण गरेको प्रमाण,

(ग) सम्बन्धित मुलुकको नियमनकारी निकायबाट नेपालमा शाखा कार्यालय खोल्न स्वीकृति प्रदान गरेको प्रमाण,

(घ) नेपालमा संयुक्त लगानीमा बीमा कम्पनी संस्थापना -गर्न वा शाखा कार्यालय खोल्ने सम्बन्धमा सम्बन्धित बीमा कम्पनीका सञ्चालक समितिको निर्णय,

(ङ) वित्तीय सक्षमता देखिने गरी त्यस्तो कम्पनीको पछिल्लो पाँच आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन,

(च) विदेशी संस्थाको सञ्चालकको नामावली र शेयर स्वामित्वको अनुपात तथा वित्तीय स्वार्थ रहेको संस्थाको विवरण,

(छ) प्राधिकरणले निर्धारण गरेका अन्य विवरण तथा कागजात ।

५) उपदफा (१) वा (३) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा त्यस्तो बीमा कम्पनी वा विदेशी बीमा कम्पनीको नेपालमा संयुक्त लगानीमा बीमा कम्पनी संस्थापना गर्न वा शाखा कार्यालय खोल्न, पूर्वस्वीकृति दिन उपयुक्त देखिएमा प्राधिकरणले निवेदन परेको साठी दिनभित्र निवेदकलाई तोकिएको ढाँचामा पूर्वस्वीकृति दिनु पर्नेछ।

६) बीमकले आफ्नो कम्पनीको प्रबन्धपत्र वा नियमावलीमा संशोधन गर्नु परेमा प्राधिकरणको पूर्वस्वीकृति लिनु पर्नेछ।

Share this Law

दफा २६ः पूर्वस्वीकृति लिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.