दफा २५ः बीमा कम्पनीको संस्थापना

Estimated reading: 0 minutes 319 views

१) यस ऐन बमोजिम बीमा व्यवसाय सञ्चालन गर्न चाहने व्यक्तिले प्रचलित कानून बमोजिम पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता गराई बीमा कम्पनीको संस्थापना गर्नु पर्नेछ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुनुअघि नै स्थापना भई बीमा व्यवसाय गर्न इजाजत प्राप्त गरिसकेको बीमा कम्पनीले सोही प्रयोजनको लागि पुनः कम्पनी स्थापना गर्नु पर्ने छैन।

३) एकजना व्यक्ति वा निजको एकाघरको परिवार वा निजको एकाघरको परिवारको सदस्य आधारभूत शेयरधनी रहेको कुनै कम्पनी वा सङ्गठित संस्थाले यस दफा बमोजिम स्थापना हुने बीमा कम्पनीको चुक्ता पूँजीको पन्ध्र प्रतिशतभन्दा बढी हुने गरी शेयर लगानी गर्न सक्ने छैन ।

तर नेपाल सरकार, प्रदेश सरकार वा विदेशी लगानीकर्ताले लिएको शेयरको सम्बन्धमा यो व्यवस्था लागू हुने छैन।

४) यो ऐन प्रारम्भ हुँदाका बखत उपदफा (३) मा उल्लिखित सीमाभन्दा बढी शेयर स्वामित्व भएको व्यक्ति वा संस्थाले ऐन प्रारम्भ भएको मितिले दुई वर्षभित्र सोही उपदफा बमोजिमको शेयर लगानी सीमा कायम गर्नु पर्नेछ।

५) उपदफा (३) बमोजिम कुनै एक बीमा कम्पनीको शेयरमा लगानी गर्ने व्यक्ति वा निजको एकाघरको परिवार, फर्म, कम्पनी वा संस्थाले समान किसिमको बीमा व्यवसाय गर्ने अर्को कुनै बीमा कम्पनीमा लगानी गर्दा त्यस्तो बीमा कम्पनीको चुक्ता पूँजीको एक प्रतिशत वा सोभन्दा बढी हुने गरी शेयरमा लगानी गर्न वा कुनै व्यहोराले त्यस्तो कम्पनीको शेयर स्वामित्व प्राप्त गर्न सक्ने छैन।

Share this Law

दफा २५ः बीमा कम्पनीको संस्थापना

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.