दफा २४ः इजाजतपत्र नलिई बीमा व्यवसाय गर्न वा गराउन नहुने

Estimated reading: 0 minutes 356 views

१) यस ऐन बमोजिम इजाजतपत्र नलिई कसैले पनि बीमा, पुनर्बीमा, बीमा कोष जस्ता जुनसुकै शब्द प्रयोग गरी वा नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बीमा व्यवसाय सम्बन्धी कुनै पनि कारोबार, व्यवसाय, उद्योग वा व्यापार गर्न वा गराउन हुँदैन।

२) उपदफा (१) विपरीत हुने गरी कसैले पनि बीमा व्यवसाय सम्बन्धी कारोबार, व्यवसाय, व्यापार वा उद्योग गर्ने वा अन्य कुनै प्रयोजनका लागि आफ्नो कम्पनी, फर्म वा संस्थाको नाममा बीमा, पुनर्बीमा, बीमाकोष जस्ता शब्दहरू प्रयोग गर्नु हुँदैन।

३) कसैले पनि यस ऐन बमोजिम इजाजतपत्रप्राप बीमक बाहेक अन्य कुनै कम्पनी, फर्म वा संस्थासँग बीमा सम्बन्धी कारोबार वा बीमा व्यवसाय गर्न वा गराउन हुँदैन।

Share this Law

दफा २४ः इजाजतपत्र नलिई बीमा व्यवसाय गर्न वा गराउन नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.