दफा ७ः अध्यक्ष वा सदस्यको नियुक्ति

Estimated reading: 0 minutes 296 views

१) समितिको अध्यक्षको नियुक्तिको लागि नेपाल सरकार समक्ष नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा मन्त्रालयका सचिव र बीमा क्षेत्रसँग सम्बन्धित विशेषज्ञ सदस्य रहेको एक समिति रहनेछ र सो समितिको सिफारिसमा यस दफा बमोजिम अध्यक्षको नियुक्ति हुनेछ।

२) उपदफा (१) बमोजिमको समितिले अध्यक्षको नियुक्तिको लागि सिफारिस गर्दा दफा ८ बमोजिम योग्यता पुगेका व्यक्तिहरु मध्येबाट तीनजना व्यक्तिको नाम नेपाल सरकार समक्ष सिफारिस गर्नेछ।

३) नेपाल सरकारले उपदफा (२) बमोजिम सिफारिस भएका व्यक्तिहरु मध्येबाट एकजनालाई अध्यक्षको पदमा नियुक्त गर्नेछ।

४) उपदफा (३) बमोजिम अध्यक्षको नियुक्ति सो पद रिक्त हुनुभन्दा एक महिना अगावै गर्नु पर्नेछ।

५) नेपाल सरकारले दफा ८ को उपदफा (१) बमोजिमको योग्यता पुगेका व्यक्तिहरू मध्येबाट दफा ६ को उपदफा (१) को खण्ड (घ) र (ङ) बमोजिमका सदस्यको नियुक्ति गर्नेछ। त्यसरी नियुक्त गर्दा कम्तीमा एक जना महिलाको प्रतिनिधित्व हुने गरी नियुक्ति गर्नु पर्नेछ।

Share this Law

दफा ७ः अध्यक्ष वा सदस्यको नियुक्ति

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.