दफा ६ः समितिको गठन

Estimated reading: 1 minute 240 views

१) प्राधिकरणमा देहाय बमोजिमको एक सञ्चालक समिति रहनेछः-

(क)नेपाल सरकारले नियुक्त गरेको व्यक्तिअध्यक्ष
(ख)सहसचिव, अर्थ मन्त्रालयसदस्य
(ग)सहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसदस्य
(घ)जीवन बीमा व्यवसायमा विशेष ज्ञान भएका व्यक्तिहरू मध्येबाट एक जनासदस्य
(ङ)निर्जीवन बीमा व्यवसायमा विशेष ज्ञान भएका व्यक्तिहरू मध्येबाट एक जनासदस्य

२) उपदफा (१) को खण्ड (घ) र (ङ) बमोजिमको सदस्य नियुक्त गर्दा कम्तीमा एकजना महिला रहने गरी गर्नु पर्नेछ।

३) प्राधिकरणले तोकेको अधिकृतस्तरको कर्मचारीले समितिको सचिवको रूपमा कार्य गर्नेछ।

Share this Law

दफा ६ः समितिको गठन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.