दफा ६ः समितिको गठन

Estimated reading: 1 minute 350 views

१) प्राधिकरणमा देहाय बमोजिमको एक सञ्चालक समिति रहनेछः-

(क) नेपाल सरकारले नियुक्त गरेको व्यक्ति अध्यक्ष
(ख) सहसचिव, अर्थ मन्त्रालय सदस्य
(ग) सहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सदस्य
(घ) जीवन बीमा व्यवसायमा विशेष ज्ञान भएका व्यक्तिहरू मध्येबाट एक जना सदस्य
(ङ) निर्जीवन बीमा व्यवसायमा विशेष ज्ञान भएका व्यक्तिहरू मध्येबाट एक जना सदस्य

२) उपदफा (१) को खण्ड (घ) र (ङ) बमोजिमको सदस्य नियुक्त गर्दा कम्तीमा एकजना महिला रहने गरी गर्नु पर्नेछ।

३) प्राधिकरणले तोकेको अधिकृतस्तरको कर्मचारीले समितिको सचिवको रूपमा कार्य गर्नेछ।

Share this Law

दफा ६ः समितिको गठन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.