दफा १३ः अध्यक्षको काम, कर्तव्य र अधिकार

Estimated reading: 1 minute 337 views

यस ऐनमा अन्यत्र उल्लेख भएका अतिरिक्त अध्यक्षको काम, कर्तव्य र“अधिकार देहाय बमोजिम हुनेछ:-

(क) प्राधिकरणको प्रमुख प्रशासकीय तथा प्रमुख कार्यकारी पदाधिकारीको रूपमा कार्य गर्ने,

(ख) प्राधिकरणको बीमा नीति तथा अन्य नीति, नियम, विनियम, निर्देशिका, कार्यविधि, आवधिक योजना तथा वार्षिक कार्यक्रम तर्जुमा गरी स्वीकृतिका लागि समिति समक्ष पेश गर्ने,

(ग) प्राधिकरणको बीमा नीति तथा अन्य नीति, विनियम, निर्देशिका, कार्यविधि, आवधिक योजना तथा वार्षिक कार्यक्रम कार्यान्वयन गर्ने वा गराउने,

(घ) प्राधिकरणको सञ्चालन तथा व्यवस्थापन गर्ने,

(ङ) प्राधिकरणले गर्नुपर्ने कार्यहरू व्यवस्थित र नियमित गर्ने,

(च) बीमक र बीमितबीचको विवादमा मध्यस्थता गर्ने,

(छ) बीमा व्यवसायको नियमन, निरीक्षण वा अनुगमन सम्बन्धी कार्य गर्ने वा गराउने,

(ज) बीमकको शाखा, उपशाखा तथा अन्य कार्यालय खोल्न स्वीकृति दिने वा बन्द गर्न आदेश दिने,

(झ) दफा १३४ को उपदफा (१) को खण्ड (क), (ख), (ग), (घ) र (ङ)र उपदफा (२) को खण्ड (ख) र (ग) बमोजिमको अधिकार प्रयोग गरी नियमन सम्बन्धी कारबाही गर्ने,

(ञ) आफूलाई प्राप्त अधिकार मातहतका कर्मचारीलाई प्रत्यायोजन गरी आवश्यक कार्य गर्ने वा गराउने,

(ट) अन्तर्राष्ट्रिय सङ्घ संस्थामा प्राधिकरणको तर्फबाट प्रतिनिधित्व गर्ने वा गराउने ।

Share this Law

दफा १३ः अध्यक्षको काम, कर्तव्य र अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.