दफा १६३ः अन्तर्राष्ट्रिय सहयोग र सम्बन्ध

Estimated reading: 0 minutes 280 views

१) प्राधिकरणले आफ्नो अधिकार क्षेत्रभित्र रहेको बीमा नीति, बीमा सुपरिवेक्षण तथा नियमन, बीमा जोखिमाङ्कन, बीमा दाबी, पुनर्बीमा, अनुगमन तथा अन्य सम्बन्धित बिषयहरूका सम्बन्धमा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूमा नेपालको प्रतिनिधित्व गर्नेछ ।

२) प्राधिकरणले विदेशी सरकार, विदेशी बीमा नियामक निकाय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थालाई बीमा सुपरिवेक्षण तथा नियमन सम्बन्धी सेवा उपलब्ध गराउने र आफूले पनि तिनीहरूबाट त्यस्तै सुविधा प्राप्त गर्न सक्नेछ ।

३) अन्तर्राष्ट्रिय बीमा नियमनको माध्यमबाट वित्तीय तथा आर्थिक स्थायित्व हासिल गर्न कार्यरत अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग सहयोग र सम्बन्ध विस्तार गर्न प्राधिकरणले सहकार्य गर्नेछ।

४) प्राधिकरणले नेपालको प्रतिनिधिको हैसियतले बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सङ्घ संस्थामा भाग लिँदा आफ्नो मुलूकको तर्फबाट बहन गर्नुपर्ने र सम्पन्न गर्नु पर्ने कार्यको जिम्मेवारी लिनेछ।

Share this Law

दफा १६३ः अन्तर्राष्ट्रिय सहयोग र सम्बन्ध

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.